काठमाडौं- संघीय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले आन्दोलनको घोषणा गरेका छन्। शैक्षिक सुधारको लागि अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै सरकारसमक्ष तीन बुँदे माग राखी आन्दोलनको घोषणा गरेका हुन्।
शनिबार नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसी विभिन्न शैक्षिक मुद्दा सहकार्य गर्ने दुई संगठन अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनबीच सहमति भएको थियो। सोही सहमतिअनुसार आज (सोमबार) पत्रकार सम्मेलनमार्फत सङ्घर्षका कार्यक्रम घोषणा गरिएको अखिल क्रान्तिकारीका प्रवक्ता उपदेश यादवले जानकारी दिए।
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, तत्काल संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने माग रहेका छन्। जसअनुसार आगामी २६ गते देशव्यापी रुपमा हस्ताक्षर अभियान, २७ गते शान्तिपूर्ण प्रदर्शन र ३१ गते वृहत अन्तर्क्रिया कार्यक्रम गर्ने घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।