काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने बताएका छन्। आफूहरुको दबाबले होइन, आफ्नै नैतिकताका लागि राजीनामा दिनुपर्ने बताएका छन्।
उनले भने, 'राजीनामा दिने/नदिने हाम्रो दबाबको कुरा होइन। प्रधानमन्त्रीको नैतिकताको कुरा हो। यो भन्दा ठूलो नैतिकताको कुरा हुन सक्दैन।'
उनले संसद्लाई तीन दलको मात्रै जस्तो बनाएको भन्दै आपत्ति जनाए। उनले अहिले अन्य दलहरु पनि भएको र नयाँ जनादेश सहितका दलहरु भएकाले त्यही अनुसार लिनुपर्ने बताए। घरी-घरी तीन दलका नेता बस्ने कुरा आफूहरुलाई मान्य नहुने लिङ्देनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।