काठमाडौं- नेकपा एमालेका नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले नेपालको प्रधानमन्त्रीले तिरंगा उचाल्ने कि चन्द्रसूर्य झन्डा उचाल्ने भन्ने विषयलाई स्पष्ट पार्नुपर्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको कृपामा प्रधानमन्त्री बन्ने आसयको वक्तव्य दिएको भन्दै उनले यस्तो बताएका हुन्।
सोमबार प्रतिनिधि सभामा बोल्दै उनले यस विषयमा प्रधानमन्त्रीको मौनता रहस्यमय भएको बताए। उनले प्रश्न गरे, ‘प्रधानमन्त्री देशभक्त हुनुहुन्छ, क्रान्तिकारी हुनुहुन्छ, विस्तारवाद, प्रभुत्ववादका विषयमा आफ्ना कुरा राख्नुभएको थियो। अहिले त्यही ट्रकमा चढेर कहाँ पुग्नुभयो? कठपुतली भन्नुभयो तर कम्फरटेबल बन्नुभयो।’
प्रचण्डले चीनको सल्लाहमा भारत गएको उल्लेख गरेमा देशकै हितमा बोलेको हुन सक्ने भन्दै सहेको उल्लेख गरे। तर अहिलेको वक्तव्यले देश र देशको सार्वभौम सत्ता कमजोर हुनेगरी वक्तव्य दिएको बताए।
उनले थपे, ‘हाम्रो देशको प्रम कमजोर देख्न चाहन्नौं। पार्टी नरहे पनि देश र सार्वभौम सत्ता रहनुपर्छ। एउटा गीत छ- यो गीत मैले गाएको होइन सम्झाइदिएको, प्रधानमन्त्रीले तिरंगा झन्डा उचाल्ने हो कि चन्द्रसूर्य अंकित झन्डा उचाल्ने स्पष्ट पार्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।