• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुख्यमन्त्री जोसुकै बनुन्, मन्त्रीमा जीवन आचार्य पक्का !

64x64
ईश्वर बराल आइतबार, असार २४, २०८०  २०:५१
1140x725

काठमाडौं- विवादास्पद ढंगले कोशी प्रदेशका मुख्यमन्त्री बनेका उद्धव थापाले आइतबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। दोस्रो चरणमा माओवादी केन्द्रका दुई जना र कांग्रेसका एक जना मन्त्री बनेका छन्। माओवादी केन्द्रबाट मन्त्री बन्नेमा प्रचण्डका ज्वाइँ जीवन आचार्य पनि छन्। उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।

हिक्मत कार्की नेतृत्वको अघिल्लो प्रदेश सरकारमा आचार्य पर्यटन, बन तथा वातावरण मन्त्री थिए। पुस २९ गते बिना विभागीय मन्त्री बनाइएका उनले माघ ६ देखि जेठ २३ सम्म सो मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। ३१ दिनको 'कुलिङ पिरियड'पछि नै उनी मन्त्रीमा फर्किएका हुन्। मन्त्रालयगत 'बढुवा' भएर।

थापाले आइतबार गरेको दोस्रो पटकको मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकार सात सदस्यीय भएको छ। रोचक चाहिँ के छ भने, मुख्यमन्त्री बाहेकका ६ मन्त्रीमध्ये आचार्यको मात्रै मन्त्रालय तोकिएको छ। अन्य कसैको मन्त्रालय तोकिएको छैन।

अन्य मन्त्रीहरुले तत्कालका लागि बिना विभागीयमै चित्त बुझाउनुपर्दा आचार्यले मात्रै कसरी उच्च मन्त्रालय पाए त? सम्भवतः पछि मन्त्रालय भागबण्डा गर्दा झमेला र सम्झौता गर्नुपर्ने हुनसक्छ। त्यसैले सुरुमै सो मन्त्रालय 'कब्जा' गर्दा ढुक्क भइन्छ!

आचार्यको सत्तामा उनरुत्पत्ति हुनुमा उनी माओवादी केन्द्रका ‘सुप्रिमो’ र देशका बहालवाला प्रधानमन्त्रीका ज्वाँइ हुनु नै रहेको आम विश्वास मात्रै होइन, माओवादी केन्द्रभित्रै टिप्पणी छ।

'उहाँ प्रचण्डको ज्वाइँ हुनु नै सर्वोत्तम योग्यता हो', कोशी प्रदेशका माओवादी केन्द्रका एक सांसदले भने, ‘प्रचण्डकै ज्वाइँ भइसकेपछि मन्त्री हुनका लागि थप कुन योगदान चाहिन्छ र? ज्वाइँ हुनु नै योग्यता हो, ज्वाइँ हुनु नै योगदान  हो।'

'प्रचण्डका ज्वाइँ' भएकैले आचार्य मन्त्री बनाइएको भनेर माओवादी केन्द्रका नेताहरु अनौपचारिक रुपमा असन्तुष्टि व्यक्त गर्छन् तर 'राजनीतिक जीवनको सुरक्षाका लागि' औपचारिक रुपमा भने बोल्न मान्दैनन्।

कतिसम्म भने, माओवादी केन्द्रभित्रका आदर्शवादी नेताका रुपमा चिनिने राम कार्की, जो माओवादी केन्द्रका कोशी प्रदेशका इन्चार्ज समेत हुन्, उनी पनि यसबारे मौन छन्। आचार्यलाई मन्त्री बनाउने, नबनाउने भनेर अन्तिम रुप दिने नेता उनै थिए। तर उनी पार्टी नेतृत्वसँग माथापच्ची गर्न सक्ने हैसियतमै नरहेको बताउँछन्, माओवादीकै नेता तथा सांसदहरु। 

Ncell 2
Ncell 2
nimb
nimb

‘राम कार्कीले भन्न सक्ने सामर्थ्य र हेडक्वाटरले सुन्न सक्ने मनस्थिति दुवैको समय छैन', ती सांसद् भन्छन्।

पार्टी नेतृत्वको चाहना र दबाब बुझेरै आचार्यलाई मन्त्री बन्नका लागि कोशीको पार्टी नेतृत्व र संसदीय नेतृत्व दुवैले मौन स्वीकृत दिएको देखिन्छ। अन्य व्यक्तिको हकमा प्रतिवाद र सार्वजनिक कटाक्ष हुनसक्थ्यो, 'प्रचण्डका ज्वाइँ'को हकमा त्यो आँट कसैले देखाउन सकेका छैनन्।

मुख्यमन्त्री थापाले भने आचार्यलाई मन्त्री बनाउने विषयलाई अवसरको रुपमा लिएको देखिन्छ। बेलैमा शक्तिशाली मन्त्रालय सुम्पिएपछि माओवादी केन्द्रको साथ निरन्तर पाउन सकिने मूल्यांकन उनको हुनुपर्छ।

'गठबन्धनको दोस्रो ठूलो दललाई विश्वासमा राखिरहनुपर्ने बाध्यताबीच उक्त पार्टीको सुप्रिमोकै परिवारका सदस्यलाई शक्तिशाली मन्त्रालय जिम्मा लगाएपछि सम्बन्ध र सहयोगमा थप बढोत्तरी हुन्छ भन्ने बुझाइ होला', अर्का सांसदले भने। 

आचार्य प्रचण्डकी कान्छी छोरी गंगाका श्रीमान हुन्। आचार्य र दाहालबीच विवाह भएपछि मात्रै उनी माओवादी भएको बताइन्छ।

यसअघि छोरा र छोरीप्रति आशक्ति देखाएको आरोप लाग्ने गरेका प्रचण्डलाई ज्वाइँ मोह देखाएको भनेर आलोचना हुन थालेको छ। त्यसलाई यस्ता घटनाहरुले पुष्टि गर्छन्।

२०७९ को मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा आचार्यको जित सुनिश्चित गराउन प्रचण्डले अतिरिक्त प्रयत्न गर्नुपरेको थियो।

त्यतिबेला कांग्रेस–माओवादी केन्द्र गठबन्धनबारे सुरुमा अनुदार देखिएका डा शेखर कोइरालाको क्षेत्र मोरङ- ६ मा आचार्यले उम्मेदवारी दिएका थिए।  कोइराला भने प्रतिनिधि सभाका लागि उम्मेदवार भएका थिए। आचार्य ६ (१) का उम्मेदवार थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा कांग्रेस उम्मेदवारसँग फराकिलो मतान्तरले पराजित भएका आचार्यलाई यो निर्वाचनमा चुनौती दिन आएका थिए, कांग्रेसका बागी उम्मेदवार नवीन दाहाल। आचार्यको जितमा तगारो हुने देखेर  प्रचण्डकै पहल र शेखरको मध्यस्थतामा दाहाललाई अन्तिम समयमा उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो। दाहालले विज्ञप्ति नै निकालेर युवा र उर्जाशील रहेकोले आचार्यलाई आफ्नो समर्थन रहेको जनाएका थिए।

त्यसपछि गत पुसमा गठित मन्त्रिपरिषद्‌मा उनी मन्त्री बनेका थिए। त्यतिबेला पनि विवाद र असन्तुष्टि व्यक्त भएका थिए। त्यतिबेला माओवादी केन्द्रकै प्रदेश सांसद गणेश उप्रेतीले गम्भीर आपत्ति जनाएका थिए भने माओवादी जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका सन्तानहरुले असन्तुष्टि जनाउँदै विज्ञप्ति नै जारी गरेका थिए।

लामो समय पार्टीमा योगदान गरेकाहरुलाई पाखा लगाएर अध्यक्षका आफन्तलाई मन्त्री बनाइनु जनभावना विपरीतको कदम भन्दै फाउन्डेसनले आपत्ति जनाएको थियो। ‘यो माओवादी संस्कृति हैन। औपचारिक तर्क गरेर यसको दोष अरु कसैलाई दिन सकिएला तर यसो गर्नु सर्वथा गलत हुन्छ’, विज्ञप्तिमा भनिएको थियो, ‘औपचारिकता र अमूर्तताको बहसले शुद्धीकरण र रुपान्तरण सम्भव छैन। व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनुपर्छ।’

तर, 'ज्वाइँ'लाई मन्त्री बनाइछाड्ने प्रचण्डको अठोटका अगाडि त्यस्ता विज्ञप्ति र असन्तुष्टिले कुनै परिणाम निकालेन। 
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्