• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुख्यमन्त्री जोसुकै बनुन्, मन्त्रीमा जीवन आचार्य पक्का !

64x64
ईश्वर बराल आइतबार, असार २४, २०८०  २०:५१
1140x725

काठमाडौं- विवादास्पद ढंगले कोशी प्रदेशका मुख्यमन्त्री बनेका उद्धव थापाले आइतबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। दोस्रो चरणमा माओवादी केन्द्रका दुई जना र कांग्रेसका एक जना मन्त्री बनेका छन्। माओवादी केन्द्रबाट मन्त्री बन्नेमा प्रचण्डका ज्वाइँ जीवन आचार्य पनि छन्। उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।

हिक्मत कार्की नेतृत्वको अघिल्लो प्रदेश सरकारमा आचार्य पर्यटन, बन तथा वातावरण मन्त्री थिए। पुस २९ गते बिना विभागीय मन्त्री बनाइएका उनले माघ ६ देखि जेठ २३ सम्म सो मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। ३१ दिनको 'कुलिङ पिरियड'पछि नै उनी मन्त्रीमा फर्किएका हुन्। मन्त्रालयगत 'बढुवा' भएर।

थापाले आइतबार गरेको दोस्रो पटकको मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकार सात सदस्यीय भएको छ। रोचक चाहिँ के छ भने, मुख्यमन्त्री बाहेकका ६ मन्त्रीमध्ये आचार्यको मात्रै मन्त्रालय तोकिएको छ। अन्य कसैको मन्त्रालय तोकिएको छैन।

अन्य मन्त्रीहरुले तत्कालका लागि बिना विभागीयमै चित्त बुझाउनुपर्दा आचार्यले मात्रै कसरी उच्च मन्त्रालय पाए त? सम्भवतः पछि मन्त्रालय भागबण्डा गर्दा झमेला र सम्झौता गर्नुपर्ने हुनसक्छ। त्यसैले सुरुमै सो मन्त्रालय 'कब्जा' गर्दा ढुक्क भइन्छ!

आचार्यको सत्तामा उनरुत्पत्ति हुनुमा उनी माओवादी केन्द्रका ‘सुप्रिमो’ र देशका बहालवाला प्रधानमन्त्रीका ज्वाँइ हुनु नै रहेको आम विश्वास मात्रै होइन, माओवादी केन्द्रभित्रै टिप्पणी छ।

'उहाँ प्रचण्डको ज्वाइँ हुनु नै सर्वोत्तम योग्यता हो', कोशी प्रदेशका माओवादी केन्द्रका एक सांसदले भने, ‘प्रचण्डकै ज्वाइँ भइसकेपछि मन्त्री हुनका लागि थप कुन योगदान चाहिन्छ र? ज्वाइँ हुनु नै योग्यता हो, ज्वाइँ हुनु नै योगदान  हो।'

'प्रचण्डका ज्वाइँ' भएकैले आचार्य मन्त्री बनाइएको भनेर माओवादी केन्द्रका नेताहरु अनौपचारिक रुपमा असन्तुष्टि व्यक्त गर्छन् तर 'राजनीतिक जीवनको सुरक्षाका लागि' औपचारिक रुपमा भने बोल्न मान्दैनन्।

कतिसम्म भने, माओवादी केन्द्रभित्रका आदर्शवादी नेताका रुपमा चिनिने राम कार्की, जो माओवादी केन्द्रका कोशी प्रदेशका इन्चार्ज समेत हुन्, उनी पनि यसबारे मौन छन्। आचार्यलाई मन्त्री बनाउने, नबनाउने भनेर अन्तिम रुप दिने नेता उनै थिए। तर उनी पार्टी नेतृत्वसँग माथापच्ची गर्न सक्ने हैसियतमै नरहेको बताउँछन्, माओवादीकै नेता तथा सांसदहरु। 

Ncell 2
Ncell 2

‘राम कार्कीले भन्न सक्ने सामर्थ्य र हेडक्वाटरले सुन्न सक्ने मनस्थिति दुवैको समय छैन', ती सांसद् भन्छन्।

पार्टी नेतृत्वको चाहना र दबाब बुझेरै आचार्यलाई मन्त्री बन्नका लागि कोशीको पार्टी नेतृत्व र संसदीय नेतृत्व दुवैले मौन स्वीकृत दिएको देखिन्छ। अन्य व्यक्तिको हकमा प्रतिवाद र सार्वजनिक कटाक्ष हुनसक्थ्यो, 'प्रचण्डका ज्वाइँ'को हकमा त्यो आँट कसैले देखाउन सकेका छैनन्।

मुख्यमन्त्री थापाले भने आचार्यलाई मन्त्री बनाउने विषयलाई अवसरको रुपमा लिएको देखिन्छ। बेलैमा शक्तिशाली मन्त्रालय सुम्पिएपछि माओवादी केन्द्रको साथ निरन्तर पाउन सकिने मूल्यांकन उनको हुनुपर्छ।

'गठबन्धनको दोस्रो ठूलो दललाई विश्वासमा राखिरहनुपर्ने बाध्यताबीच उक्त पार्टीको सुप्रिमोकै परिवारका सदस्यलाई शक्तिशाली मन्त्रालय जिम्मा लगाएपछि सम्बन्ध र सहयोगमा थप बढोत्तरी हुन्छ भन्ने बुझाइ होला', अर्का सांसदले भने। 

आचार्य प्रचण्डकी कान्छी छोरी गंगाका श्रीमान हुन्। आचार्य र दाहालबीच विवाह भएपछि मात्रै उनी माओवादी भएको बताइन्छ।

यसअघि छोरा र छोरीप्रति आशक्ति देखाएको आरोप लाग्ने गरेका प्रचण्डलाई ज्वाइँ मोह देखाएको भनेर आलोचना हुन थालेको छ। त्यसलाई यस्ता घटनाहरुले पुष्टि गर्छन्।

२०७९ को मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा आचार्यको जित सुनिश्चित गराउन प्रचण्डले अतिरिक्त प्रयत्न गर्नुपरेको थियो।

त्यतिबेला कांग्रेस–माओवादी केन्द्र गठबन्धनबारे सुरुमा अनुदार देखिएका डा शेखर कोइरालाको क्षेत्र मोरङ- ६ मा आचार्यले उम्मेदवारी दिएका थिए।  कोइराला भने प्रतिनिधि सभाका लागि उम्मेदवार भएका थिए। आचार्य ६ (१) का उम्मेदवार थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा कांग्रेस उम्मेदवारसँग फराकिलो मतान्तरले पराजित भएका आचार्यलाई यो निर्वाचनमा चुनौती दिन आएका थिए, कांग्रेसका बागी उम्मेदवार नवीन दाहाल। आचार्यको जितमा तगारो हुने देखेर  प्रचण्डकै पहल र शेखरको मध्यस्थतामा दाहाललाई अन्तिम समयमा उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो। दाहालले विज्ञप्ति नै निकालेर युवा र उर्जाशील रहेकोले आचार्यलाई आफ्नो समर्थन रहेको जनाएका थिए।

त्यसपछि गत पुसमा गठित मन्त्रिपरिषद्‌मा उनी मन्त्री बनेका थिए। त्यतिबेला पनि विवाद र असन्तुष्टि व्यक्त भएका थिए। त्यतिबेला माओवादी केन्द्रकै प्रदेश सांसद गणेश उप्रेतीले गम्भीर आपत्ति जनाएका थिए भने माओवादी जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका सन्तानहरुले असन्तुष्टि जनाउँदै विज्ञप्ति नै जारी गरेका थिए।

लामो समय पार्टीमा योगदान गरेकाहरुलाई पाखा लगाएर अध्यक्षका आफन्तलाई मन्त्री बनाइनु जनभावना विपरीतको कदम भन्दै फाउन्डेसनले आपत्ति जनाएको थियो। ‘यो माओवादी संस्कृति हैन। औपचारिक तर्क गरेर यसको दोष अरु कसैलाई दिन सकिएला तर यसो गर्नु सर्वथा गलत हुन्छ’, विज्ञप्तिमा भनिएको थियो, ‘औपचारिकता र अमूर्तताको बहसले शुद्धीकरण र रुपान्तरण सम्भव छैन। व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनुपर्छ।’

तर, 'ज्वाइँ'लाई मन्त्री बनाइछाड्ने प्रचण्डको अठोटका अगाडि त्यस्ता विज्ञप्ति र असन्तुष्टिले कुनै परिणाम निकालेन। 
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्‍य... शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको बताए । शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शिक्षा मन्त्री भएर पैसाको अभाव हुँदा आफूले धेरै शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन नसकेको बताएका छन्।६ लाख जनतालाई कालो... शनिबार, मंसिर २०, २०८२
ताजा समाचारसबै
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य शनिबार, मंसिर २०, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्