काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यानमारका राष्ट्रपति विन मिन्तले बुधबार साँझ राष्ट्रपति निवासमा शिष्टाचार भेट गरेका छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका म्यानमारका राष्ट्रपति मंगलबार प्रतिनिधिमण्डल सहित काठमाडौं आएका हुन्।
राष्ट्रपति भण्डारीसँगको भेटघाटमा नेपाल म्यान्मा सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसैगरी म्यानमारका राष्ट्रपति मिन्तले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बुधबार नै भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री ओलीसँगको भेटमा पनि नेपाल म्यानमार सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति मिन्तले बुधबार नै बुद्धजन्मस्थल लुम्बिनीको पनि भ्रमण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।