• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सुदूरका महिला, सुदूरको देश !

64x64
मन्जिता परियार शनिबार, असार २३, २०८०  ०६:०७
1140x725

नेपालमा संघीयता कार्यान्वयनको अवस्थाबारे अनुसन्धान र २०७९ सालको आम निर्वाचनको पर्यवेक्षणको लागि सुदूरपश्चिम प्रदेश जाने मौका पाएँ। अनुसन्धानकर्तामा छनोट भएको खबर आमालाई सुनाएँ। उहाँले अचम्तित हुँदै भन्नुभयो, ‘सुदूरपश्चिम पो!’ 

सुदूरपश्चिम नाम सुन्ने वित्तिकै उहाँको निधारमा चिन्ताको रेखी कोरिएको थियो। सामान्य परिवार भए पनि राजधानीमा हुर्किएकी म सुदूरपश्चिम जान लाग्दा गाँउमा गएर छोरीले दुःख पाउँछे भनेर आमालाई चिन्ता लाग्नु स्वभाविक थियो। मैले आमालाई सम्झाएँ।

तर जहाजले काठमाडौं उपत्यकाको आकाश छुँदा मेरो मन पनि पिरोलिँदै थियो। होस सम्हालेदेखि नै सुदूरपश्चिम र कर्णाली भनेको विकास नभएको विकट ठाँउ भनेर पढेकी थिएँ। जहाज पश्चिम लागेपछि उत्तरतिर टलक्क हिमाल देखिएको थियो। लगभग सवा घण्टा आकाशमा बिताउँदा मेरो मानसपटलमा सुुदूरपश्चिमका बारेमा पहिला सुनेका कुरा खेलिरहेका थिए। छाउपडी प्रथा, टिकापुर घटना, निर्मला पन्त, बलात्कार र घनघस्याको उकालो यस्तै यस्तै। 

मेरो मस्तिस्कमा सुदूरपश्चिमको सुदूर चित्र बनिरहेको थियो। धनगढी विमानस्थलमा जहाज ओर्लिएर बाहिरको दृष्यले भने मेरो मस्तिस्कको चित्रलाइ उल्टो फर्काएदियो। जहाज भित्रैबाट विमानस्थलमा दुईवटा अरु जहाज पार्किङजस्तै अवस्थामा देखिए। धनगढी विमानस्थलमा अर्को विमान पनि एउटै समयमा होला भन्ने त मैले त कल्पना पनि गरेकी थिइनँ। विमानस्थलबाट बाहिर निस्किँदा सुदूरपश्चिममा तपाईँलाई स्वागत छ भनेर लेखिएको होर्डिङ बोर्डले न्यानो स्वागत गर्यो। 

झण्डै ३८ डिग्रीभन्दा माथिको तापक्रमले चिटचिट पसिना निकाल्यो। एयरपोर्ट बाहिर ट्याक्सीहरूको लाम देख्दा दिमागमा पहिलो कुरा आयो, ‘ओहो ट्याक्सी पनि पाइँदो रहेछ।’ 

ट्याक्सी चढेर धनगढी सहर डुलेँ। ६ लेनको व्यवस्थित सडक देखेर छक्कै परेँ। सुरुमा विमानस्थल, त्यसपछि बाहिर ट्याक्सीको लाम अनि अब यो व्यवस्थित सडक देखेर मलाई सुदूरगाँउमा आएको महसुस नै भएन। 

तुरुन्तै मोबाइल भिकेर आमालाई भिडियो कल गरेँ। उहाँलाई आफू पुगेको जानकारी गराउँदै क्यामेरा सडकतर्फ तेस्र्याइदिएँ। गाँउमा गएकी छोरी कस्तो ठाँउमा पुगी भनेर चिन्तित भइरहेकी बमा दंग पर्नुभयो। ‘ए नानी, तँ सुदूरपश्चिम नै गएकी होस् की अरु कतै,’ आमाले भन्नुभयो। सडक देखेर उहाँलाई म अरु नै ठाँउ पो गएँ भन्ने लागेछ। 

मैले पुगेकै दिनदेखि काम सुरु गर्नुपर्ने थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

बसोबास, कार्यालय व्यवस्थापन र अरु समन्वयको काम गरेर शरीर आलश्य भइसकेको थियो। त्यसैले होटेलमा पुगेर आराम गर्दा मनमा पहिलो कुरा आयो। सुूुरपश्चिम मैले सोचे जस्तो चाहिँ रहेनछ। काठमाडौंबाट मैले दिमागमा बनाएको चित्रभन्दा एकदमै फरक। अझ भन्नुपर्दा मलाइ राजधानी बाहिरको गाँउ आएको महसुस नै भएन।

हुन त धनगढी पनि प्रदेशको राजधानी नै थियो। त्यसैले अरु ठाँउ यस्तो नहुन पनि सक्छ भन्ने मनमा लागिरहेको थियो। आमालाई फेरि फोन गरेर बसोबासको व्यवस्था र दिनभरिको बेलीबिस्तर लगाएँ। दिउसो धनगढीको बजार र सडक अनि साँझ राम्रै होटेलमा बसेको देखेपछि  उहाँ पनि ढुक्क हुनुभयो। आमाको अनुहारबाट चिन्ताको डोब हटेको देखेपछि म फुरुङ्ग भएर निदाएँ। 

मैले ६ महिना यो ठाँउमा बस्नु थियो।

भोलिपल्टदेखि नै म काममा खटिएँ। तराईका कैलाली र कञ्चनपुरका गाँउगाँउ मात्र होइन सुदूरपश्चिमका पहाडी जिल्लाका दुरदराजका गाँउगाँउ सम्म पनि पुगेर त्यहाँका विभिन्न तहका मानिससँग अन्तरक्रिया, छलफल कुराकानी गर्ने अवसर पाएँ। 

Xtrem

Xtrem

संघीयता कार्यान्वयको अवस्था र  आउँदै गरेको निर्वाचनको विषयमा मानिसहरूको चासोको विषयमा कुराकानी र बुझ्ने अवसर त छँदै थियो। व्यक्तिगत रुपमा मैले पनि सुुदूरको जिवनलाई अध्ययन गर्ने मौका पाइरहेकी थिएँ।

डडेल्धुरा, अछाम, डोटी, बैतडी दार्चुलाका सदरमुकामसम्मै पक्की बाटो, राम्रै व्यवस्था भएका होटल अनि यातायातको साधन पनि सजिलै पाइने, भौतिक पूर्वाधारको विकास सुदूरपश्चिममा सुरु भइसकेको रहेछ। सदरमुकाम मात्र नभई कतिपय गाँउहरुमा पनि पक्की बाटोले सदरमुकामसम्मको पहुँचलाई सहज बनाएको थियो। 

यद्यपि राम्रा स्कुल कलेजहरू पहाडी जिल्लामा भेटिएनन्। अस्पतालको अवस्था त सुगम मानिने तराईका कैलाली कञ्चनपुरमा पनि खासै गतिलो छैन भनेर मानिसहरुले भन्थे। कतिपय ठाँउमा आफैँ अवलोकनमा जाँदा पनि शिक्षा र स्वास्थय सेवाको विकास हुन नसकेको  भान भयो।

सडक र शहरीकरणको लागि भौतिक संरचनमा मैले सोचेको र पढेको भन्दा विकास भए पनि शिक्षा र स्वास्थ्य जस्ता मानकहरूका आधारमा धेरै समस्या प्रत्यक्ष देखेँ। विशेषगरी महिला, दलित, अल्पसंख्यकहरुको जीवनस्तरमा सुदूरमा भएको भौतिक विकासले खासै असर पारेको देखिएन। 

महिलाहरुको अवस्था भने खासै सुधार भएको देखिएन। पहाडी क्षेत्रमा घाँस दाउरा, पानी पँधेरोमा नै महिलाहरूको आधा जीवन बित्दो रहेछ। परिवारका पुरुषहरू प्रायः कामको लागि भारत जाने भएकोले घरको सम्पूर्ण जिम्मेवारी महिलाहरूले नै निर्वाह गरिरहेका छन्।

यद्यपि कसैको घरमा घरमूली को हुनुहुन्छ भनेर सोध्यो भने वहाँ त इन्डीया झर्नु भा छ भन्थे। अर्थात, घरको सम्पूर्ण जिम्मेवारी निर्वाह गरे पनि महिला भएकै कारणले उनीहरूलाई घरको मूली मानिदैन्थ्यो। सरकारी विद्यालयमा छोरीहरूको उपस्थिति राम्र्रै देखिन्थ्यो। तर धेरैको १० कक्षा पास नहुँदै विहे भइहाल्ने रहेछ। 

निर्वाचनको समय भएकाले आम महिलाको एजेन्डाको कुरा पनि गरियो। तर आम महिलाले आफ्नो ठोस एजेन्डा भन्न सकेनन्। खासमा शिक्षा, स्वास्थ्य र रोजगार जस्ता कुरामा उनीहरूको समान पहुँच र अवसरमा उनीहरू पछि परेका थिए। हामीले जनप्रतिनिधि र निर्वाचनमा उम्मेदवार भएका दलका नेताहृसँग पनि महिला, दलित अल्पसंख्यकहरूको विषयमा एजेन्डा सोध्यौँ।

तर कुनै पनि दलका उम्मेदवारले महिलाको, दलितको, अल्पसंख्यककोे ठोस एजेन्डा भन्न सकेनन्। उम्मेदवारहरूले आफ्नो पार्टीले समग्र देशको लागि बनाएको घोषणापत्रमा सबै समेटिएको जवाफ दिए। दलहरूले देशकै लागि भनेर बनाएका ती घोषणापत्रमा सुदूरकी एउटी आमाले एक्लै घर कुर्नु परेको अटाएको थिएन। 

आफ्नै ठाँउमा रोजगारी नपाएर भारतको गल्लीमा चौकीदारी गररहेको छोरोको लागि ठोस एजेण्डा र योजना थिएन। अझै सबैभन्दा महत्वपूर्ण कुरा प्रतिनिधित्वको थियो। संघीय संसदको लागि १६ सिट भएको सुदूरपश्चिममा दलहरूले निकै थोरै महिलालाई उम्मेदवार बनाएका थिए। 

सुदूरको अवस्था यसरी हेर्दै गर्दा निर्वाचन सकियो। निर्वाचन लगत्तै म काठमाडौं फर्किनुपर्ने थियो। 

धनगडी विमानस्थलमा विमान चढने बेला निर्वाचनको परिणाम आइसकेको थियो। सुदूरपश्चिमबाट १६ जना संघीय संसदको लागि भएको निर्वाचनमध्ये एक जना मात्र महिला निर्वाचित हुनु भएको थियो। 

विमान आकाशमा उडन थालेपछि फेरि पुरानै कुरा मनमा खेल्न थाले। साँच्चै सुदूरपश्चिम मैले सुरुमा आउँदा सोचे जस्तै हो त्? काठमाडौं विमानस्थलमा ओर्लिनुअघि एयर ट्राफिकका कारण जहाज ३० मिनेट जति आकाशमै घुमिरह्यो। आकाश हेर्दै गर्दा मनमा कुरा खेल्यो, ‘महिलालाई आधा आकाश ढाक्ने भनिन्थ्यो। तर आकाश त पुरै पुरुषले मात्र होल्ड गरेका रहेछन्।’ 

१६ जना संसदमा पुग्दा सुदूरबाट १ जना मात्र महिला? ओहो! सुदूर त महिलाका लागि साँच्चै सुदूर रहेछ। एटीसीको निर्देशन पाएरै होला, जहाज त्रिभुवन बिमानस्थलमा ओर्लियो। जहाज बाहिरको तापक्रम निकै चिसो थियो। जहाजमा हुदाँ सुुदूरका महिलाहरूको बारेमा सोचेर मन चिसो भएको थियो। बाहिरको चिसोले हात खुट्टा र नाक पनि चिसो भयो। विमानस्थलबाट घर जान ट्याक्सी चढेर मोबाइलमा समाचार हेर्दाहेर्दा विरक्त लाग्यो। 

समाचार र सामाजिक सञ्जालमा निर्वाचनको अन्तिम परिणामका समाचार आइरहेका थिए। १ सय ६५  निर्वाचन क्षेत्र मध्ये निर्वाचित हुने महिला जम्मा ९ मात्र्। त्रिभुवन विमानस्थलबाट बाहिर निस्केर आउँदै गर्दा सोचेँ, ‘मैले सुदूरको बारेमा गलत विश्लेषण गरिरहेकी रहेछु। महिलाको लागि सुदूरपश्चिम मात्र किन यो पूरै देश, समाज, सोच सबै सुदूर रहेछ।’ 

महिलाप्रतिको ब्यवहार र सोचको विषयमा मैले देशलाई नै सुदूर देखिरहेको कुरा अहिले राष्ट्र प्रमुख उपप्रमुखदेखि मन्त्रीमण्डलमा समेत देखिएको छ। 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मन्जिता परियार
लेखकबाट थप
सुदूरका महिला, सुदूरको देश !
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्