काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका अन्तरिम सरकारका प्रमुख दाशो छिरिङ वाङ्चुकबीच द्विपक्षीय भेटवार्ता भएको छ। परराष्ट्र प्रवक्ता भरतराज पौडेलले प्रधानमन्त्री ओली र वाङ्चुकबीच द्विपक्षीय भेट भएको जानकारी दिए।
बिहीबारदेखि सुरु हुने बिम्स्टेक शिखर सम्मेलनका लागि वाङ्चुक आजै काठमाडौं उत्रिएका हुन्।
वाङ्चुक २०१४ देखि भुटानका प्रधानन्यायाधीश भएका हुन्। भुटानमा आम निर्वाचन गर्न यही अगष्ट १ मा भुटानको राष्ट्रियसभाको विभटन भएपछि वाङ्चुकलाई अन्तरिम सरकार प्रमुखको जिम्मेवारी दिइएको छ। भुटानको तेस्रो संसदीय निर्वाचन आगामी फेबु्रअरी महिनामा हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।