• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ ७, २०८३ Thu, May 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘अयोग्य लडाकु’ले हालेको मुद्दामा बाबुराम भट्टराईको म्याद नै तामेल भएन

संसद् र बेपत्ता आयोगको दाबी- क्षेत्राधिकार छैन, खारेज होस्
64x64
नेपाल लाइभ बुधबार, असार २०, २०८०  ०८:०५
1140x725

काठमाडौं– १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा बालबालिकालाई युद्धमा प्रयोग गरिएको अनि शान्ति प्रक्रिया सुरु भएपछि बेवास्ता गरिएको भन्दै पूर्व लडाकुहरुले दायर गरेको रिटमा बाबुराम भट्टराईको नाममा हालसम्म म्याद नै तामेल नभएको पाइएको छ। सर्वोच्च अदालत स्रोतका अनुसार पूर्व प्रधानमन्त्री भट्टराईको म्याद तामेल नहुँदा लिखित जवाफ पनि पेस भएको छैन। 

सर्वोच्चमा लेनिन विष्ट सहितले जेठ २८ गते रिट दायर गरेका थिए। उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, संघीय संसद्‌ सचिवालय, बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग लगायतलाई विपक्षी बनाएका थिए।

उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले जेठ ३० गते कारण देखाउ आदेश जारी गर्दै विपक्षीहरुसँग लिखित जवाफ माग गरेको थियो। सर्वोच्चले विपक्षीहरुलाई लिखित जवाफसहित उपस्थित हुन भनेको थियो। न्यायाधीश सपना प्रधान मल्लको इजलासले अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरेको थियो। सर्वोच्चले मुद्दालाई प्राथमिकता दिए पनि म्याद तामेली नहुँदा अघि बढ्न सकेको छैन।  

सर्वोच्चले रिट निवेदनमा रहेको स्थायी ठेगाना गोरखामा म्याद पठाएको छ। रिट निवेदनमा प्रधानमन्त्री प्रचण्डको भने म्याद तामेल भएको छ। असार ८ गते प्रधानमन्त्री प्रचण्डले अदालतको म्याद बुझेका छन्। त्यस्तै भट्टराईलाई उनको स्थायी ठेगानामा असार ७ गते म्याद सर्वोच्चले पठाएको छ। मुद्दाको अर्को तारेख साउन २२ गतेलाई तोकिएको छ।  

दशक लामो सशस्त्र द्वन्द्व सञ्चालन गरेको नेकपा (माओवादी)को नेतृत्व गरेका प्रचण्ड र भट्टराईविरुद्ध पूर्व बाल सेनाका तर्फबाट लेनिन विष्टले २८ जेठमा रिट दर्ता गरेका थिए। रिट निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने? भन्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो। 

संघीय संसद् सचिवालयका तर्फबाट कानुन सचिव लक्ष्मीप्रसाद गौतमले लिखित जवाफ पठाएका छन्। संसद्‌को लिखित जवाफमा सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले बालसैन्यको रूपमा प्रयोग गरेको दाबी लिएको, तर उक्त कुरा संसद्‌सँग सम्बन्धित नभएको दाबी गरिएको छ। 

‘विपक्षी निवेदकले दाबी लिनुभएको विषयमा संघीय संसद्‌को के कस्तो काम कारबाहीबाट निवेदकको के कस्तो संवैधानिक तथा कानुनी हक-अधिकारको हनन भएको हो? भन्ने सम्बन्धमा निवेदनमा कुनै कुरा उल्लेख भएको छैन,’ जवाफमा भनिएको छ, ‘कसैका विरुद्ध कुनै कुराको दाबी लिँदा तत्सम्बन्धमा रहेको संलग्नता र प्रत्यर्थी बनाउन पर्नाको आधार र कारण निवेदनमा स्पष्टसँग उल्लेख गरिएको हुनुपर्छ। सोको अभावमा प्रत्यर्थी कायम गर्न र रिट जारी हुन सक्दैन।’ 

रिट निवेदनमा विपक्षी निवेदकले दाबी लिएको विषयमा संघीय संसद्‌लाई प्रत्यर्थी बनाउनु पर्नाको आधार र कारण खुलाउन नसकेकोले जारी हुन नसक्ने लिखित जवाफमा उल्लेख छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘जहाँसम्म सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले बालसैन्यको रुपमा प्रयोग गरेर विस्तृत् शान्ति सम्झौतापछिका १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेकोले तत्काल बालसेनाको पहिचान दिइ परिपुरण, क्षतिपूर्ति न्याय लगायतका काम कारबाही तत्काल गर्नु/गराउनु भनी जिकिर लिनुभएको छ, तत्‌म्बन्धमा लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा राज्यका तीन वटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गर्ने कार्य संविधानद्वारा नै निर्दिष्ट गरिएको हुन्छ। नेपालको संविधानले पनि सोही तथ्यलाई आत्मसात गरी संविधानमै राज्यका प्रमुख तीन अंगको छुट्टाछुट्टै भूमिका निर्धारण गरेको छ,’ जवाफमा भनिएको छ। 

विपक्षी रिट निवेदकले रिट निवेदनमा उठाएको विषय नितान्त कार्यपालिकाको अधिकार क्षेत्र भित्रको विषय भएको संसद्‌को लिखित जवाफमा उल्लेख छ। 

बेपत्ता आयोगको दाबी- क्षेत्राधिकार पर्दैन, खारेज होस् 
बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका तर्फबाट सचिव श्याम भट्टराईले लिखित जवाफ पेस गरेका छन्। आयोगले सर्वोच्चमा बालसैन्य सम्बन्धी विषय क्षेत्राधिकार भित्र नपर्ने दाबी गर्दै रिट खारेजीको माग गरेको छ। 

‘विपक्षीको निवेदन माग बमोजिमको कार्य यस आयोगबाट नभए/नगरेको हुँदा यस आयोगको हकमा रिट निवेदन खारेज भागी देखिँदा खारेज गरी पाउँ,’ लिखित जवाफमा भनिएको छ, ‘विपक्षीले यस आयोगलाई विपक्षी बनाई रिट निवेदन दायर गर्दा, सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन र  अन्तर्राष्ट्रिय मानव अधिकार वा मानवीय कानुन विपरीत गरिएको जुनसुकै किसिमको अमानवीय कार्य या मानवता विरुद्धको अन्य कार्य भन्ने व्यवस्था अनुसार पनि पूर्व बाल सेनाको विषय आयोगकै क्षेत्राधिकार भित्र पर्छ।’ यतातर्फ विपक्षीहरुको ध्यान नगएको जवाफमा उल्लेख छ।  

अन्तर्राष्ट्रिय समुदायलाई पीडितका लागि गठित बेपत्ता पारिएको व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगले समेत पीडितलाई न्याय दिन सकेनन् भनी आधार लिएको देखिएको तर यस आयोगमा विपक्षीहरुको कुनै उजुरी नै नपरेको लिखित जवाफमा भनिएको छ। 

‘विपक्षीहरुको उजुरी यस आयोगको कार्य क्षेत्रभन्दा भिन्न किसिमको भएको कारण निजहरुलाई अन्याय पर्ने गरी यस आयोगबाट कुनै कार्य नगरेको हुनाले यस आयोगको हकमा रिट निवेदन खारेज भागी छ,’ जवाफमा भनिएको छ, ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा १३(१) मा आयोगको काम कर्तव्य र अधिकार उल्लेख गरिएको छ भने सोही दफा १३ को उपदफा (५) मा ‘यस ऐन बमोजिम बेपत्ता पारिएको व्यक्तिका सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र मानव अधिकारको गम्भीर उल्लंघन सम्बन्धी अन्य घटनाका सम्बन्धमा सत्य निरुपण तथा मेलमिलाप आयोगले छानबिन गर्नेछ’ भन्ने स्पष्ट छ।’ 

आयोगले सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरुको उजुरी लिने र त्यसमा छानबिन गरी आरोपितलाई कारबाहीको लागि तथा बेपत्ता पीडितलाई उचित परिपुरणको लागि सिफारिस गर्ने मुख्य कार्यक्षेत्र रहेको पनि लिखित जवाफमा उल्लेख छ। 

सोही कार्यक्षेत्र बमोजिमको विषयमा पीडितका तर्फबाट परेका उजुरीहरु छानबिनको प्रक्रियामा रहेका जवाफमा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज तीन वटा संसदीय समितिको बैठक बस्दै
प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सम्बन्धित सामग्री
आज तीन वटा संसदीय समितिको बैठक बस्दै आज बिहान ९:३० बजे बस्ने अर्थ समितिको बैठक बस्नेछ । आजको बैठकमा आ.ब. २०८३ ८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्... बिहीबार, जेठ ७, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभा सदस... बिहीबार, जेठ ७, २०८३
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश मंगलबार न्यायाधीश महेश शर्मा पौडेलको इजलासले विपक्षीको नाममा बाटोको म्याद बाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखि... बुधबार, जेठ ६, २०८३
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, जेठ ७, २०८३
प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान बिहीबार, जेठ ७, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्