• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशीमा ‘टार्गेट नम्बर ४७’ जुटाउन हम्मे, कसरी ‘वर्कआउट’ गर्दैछ कांग्रेस? 

एमाले पनि नयाँ सरकार गठनको प्रयासमा
64x64
ईश्वर बराल मंगलबार, असार १९, २०८०  १०:४२
1140x725

काठमाडौं– एमाले नेतृत्वको सरकार ढलिसकेपछि कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरु कसरतमा छन्। संसदीय आंकडा अप्ठ्यारो रहेको यो प्रदेशमा बहुमत पुर्‍याउन दलहरुले मौजुदा गठबन्धन तोड्नुपर्ने स्थिति बन्दै गएको छ। अन्यथा, संघकै गठबन्धन कायम रहे सरकार गठनका लागि आवश्यक ४७ सांसदको समर्थन पुर्‍याउन दलहरुलाई हम्मे पर्ने देखिएको छ। 

संघीय सत्ता गठबन्धन र एउटै राजनीतिक कित्तामा रहेका दल बीचको संसदीय नम्बर हेर्ने हो भने बराबर छ। कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी–जसपा एकातिर र संघीय सरकारको प्रतिपक्षीका साथै यो प्रदेशमा अद्यापि एकै ठाउँमा रहेका एमाले–राप्रपा अर्कातिर रहँदा सांसदहरु समान ४६ हुन्छन्। ९३ सदस्य रहेको प्रदेश सभामा सभामुख माओवादी केन्द्रका रहेकाले उनले सरकार निर्माण प्रक्रियामा सहभागीता जनाउन नपाउने विपक्षी र संवैधानिक कानुनका ज्ञाताको तर्क छ। यस्तो, अवस्थामा ‘टार्गेट ४७’ हाँसिल गर्न जटिल हुने देखिएको छ। 

मुख्यमन्त्रीको उम्मेदवार टुङ्ग्याउन नै विलम्ब
तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की प्रदेश सभामा विश्वासको मत जुटाउन नसके शुक्रबार पदमुक्त भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार सरकार गठनको आह्वान गरे। उनले सरकार गठनका लागि बुधबार साँझ सम्मको समय दिएका छन्। 

सरकार गठनको लागि आह्वान भए पनि कांग्रेस नेतृत्वको गठबन्धनले सोमबार मात्र मुख्यमन्त्रीका उम्मेदवार टुङ्ग्याएको छ। त्यो पनि केन्द्रीय तहका नेताहरुको बैठक बसेर। यसअघि मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बो र कांग्रेसका उद्धव थापाको दाबी थियो। बालुवाटारमा बसेको बैठकले मुख्यमन्त्रीमा थापालाई अघि सार्ने निर्णय गर्‍यो। उम्मेदवार टुङ्गो लगाए पनि बहुमत जुटाउने कसरत गर्ने जिम्मा पनि कांग्रेसकै नेतृत्वलाई दिएको एकीकृत समाजवजादीका नेता राजेन्द्र पाण्डेले बताए। 

‘गठबन्धन भित्र कोशी प्रदेशमा ठूलो दल कांग्रेस छ। कांग्रेसले आफूले मुख्यमन्त्री पाउनु पर्ने दाबी गर्‍यो। त्यसकारण कांग्रेसलाई मुख्यमन्त्री दिएर बाँकी कसलाई कसलाई समावेश गर्नुपर्छ। कसरी समावेश गर्नुपर्छ। सिट संख्या कसरी पुर्याउनु पर्छ यो तपाईंहरु नै वर्कआउट गर्नुहोस् भनेर जिम्मा दिएका छौं,’ वालुवाटार बैठकबाट बाहिरेने क्रममा पाण्डेले संचारकर्मीलाई जानकारी दिए। 

कसरी ‘वर्कआउट’ गर्दैछ कांग्रेस?
बहुमत जुटाउने जिम्मा पाएको कांग्रेसले के गृहकार्य गर्दैछ? नेपाल लाइभको प्रश्नमा कांग्रेस प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीका ‘उम्मेदवार’ उद्धव थापाले आफूहरु दलहरुसँग सघन छलफलमा रहेको जवाफ दिए। संघीय गठबन्धनभन्दा फरक परिवेश रहेकोले यहाँ विशिष्ठ खालको गठबन्धन बन्न सक्ने उनले औंल्याए। 

उनको आशय कोशीमा राप्रपासहितको गठबन्धन बन्ने भन्ने थियो। ६ सांसद रहेको राप्रपा यो गठबन्धनमा आए स्पष्ट बहुमत पुग्छ। 

‘संघ जस्तो अवस्था छैन यहाँ। यहाँ विशिष्ठ किसिमको गठबन्धन बन्नसक्छ। अन्यथा सभा नै विघटन हुनेतर्फ जान सक्छ। सम्बन्धित दलले बुझेको छ। अस्थिरताको कारक नबन्ने बताउनुभएको छ, नेताहरुले। मलाई विश्वास छ हामी छिट्टै एउटा सहमति निर्माण गर्छौँ,’ थापाले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

तर थापा यो गृहकार्यमा पार्टीको केन्द्रीय नेतृत्व र गठबन्धनका शीर्ष नेताहरु पनि रहेकोले कांग्रेस मात्र एक्लै नरहेको दाबी गर्छन्। 

सिटौला विश्वास गर्दैनन् थापालाई
थापाले राप्रपाको समर्थन पाउने दाबी गरे पनि राप्रपाका संसदीय दलका नेता भक्ति सिटौला र उनी बीचको टकरावले सायदै काम गर्ला। तत्कालीन कांग्रेसका नेता सिटौला २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा प्रत्याक्षी बन्ने आकांक्षा राखेका थिए, झापा क्षेत्र नम्बर २ बाट। तर कृष्ण सिटौला हाबी भएर भक्ति सिटौला यति किनारामा परे कि उनले तत्कालै कांग्रेस परित्याग गरे र राप्रपाबाट टिकट पाएर उम्मेदवार बने। 

कालान्तरमा उनै सिटौला समूहका थापालाई मुख्यमन्त्री बनाउन निर्णायक बन्न पुगेका भक्ति सिटौला सहजै विश्वासको मत दिन सहमत नहुने बताउँछन् राप्रपा एक सांसद। ‘भक्ति सिटौला उद्धव थापालाई मुख्यमन्त्री बनाउन सजिलै सहमत होलान् भन्ने मलाई विश्वास छैन। तर राजनीति हो, केही लेनादेनामा सहमत होलान् पनि,’ नाम नबताउने शर्तमा ती सांसदले भने। 

राप्रपाका सांसदले संकेत गरेजस्तो ‘लेनादेना’ भनेको सिटौलाको मुख्यमन्त्री बन्ने दाउ हो। मुख्यमन्त्रीमा आलोपालो गर्नुपर्ने उनको माग छ। यद्यपि सिटौला भने त्यसलाई अस्वीकार गर्छन्। ‘मुख्यमन्त्री हाम्रो दाबी छैन। उहाँहरु के–केमा हुन्छ छलफल गरौँ भन्नु हुँदैछ। हेरौं न,’ सिटौलाले संक्षिप्त जवाफ दिए। 

एमाले पनि बहुमत जुटाउने कसरतमा
प्रदेश सभामा विश्वासको मत सिद्ध गर्न १ सांसदको साथ नपाउँदा सरकार गुमाएको एमाले पनि नयाँ सरकार गठनको प्रयासमा छ। १ जना मात्रै सांसदको साथ पाए सरकार गठन गर्न सकिने अवस्थामा एमालेले पनि प्रयास जारी राखेको छ। 

एमालेले आफ्नो सरकार गठनका लागि जनता समाजवादी पार्टीलाई फकाइरहेको छ। अहिलेसम्म राप्रपा पनि आफ्नै साथमा रहेकाले जसपालाई मनाउन सकेन सरकार गठन गर्न सकिने एमाले नेताहरुको बुझाइ छ। 

तर जसपाले एमालेललाई समर्थन नगर्ने संकेत गरिसकेको छ। १ मात्र प्रदेश सांसद निर्मला लिम्बू अहिले पार्टी नेतृत्वको स्पष्ट सुझाव नआएको बताउँछिन्। सोमबार मात्र सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेलाई अहिले आराम चाहिएको टिप्पणी गरेका थिए। 

तर एमाले नेताहरु आफूहरू चुप लागेर नबेसको बताउँछन्। ‘हामी छलफल गरिरहेका छौं। हाम्रो त प्रस्ताव सर्वपक्षीप सरकार बनाउँ भन्ने हो,’ प्रदेश सरकारका निर्वतमान मन्त्री समेत रहेका एमालेका तिलकुमार मेन्याङ्बोले भने,‘समय भित्रमा केही नयाँ बन्नसक्छ।’

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्