• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कोशीमा ‘टार्गेट नम्बर ४७’ जुटाउन हम्मे, कसरी ‘वर्कआउट’ गर्दैछ कांग्रेस?  एमाले पनि नयाँ सरकार गठनको प्रयासमा
64x64
ईश्वर बराल मंगलबार, असार १९, २०८०  १०:४२
1140x725

काठमाडौं– एमाले नेतृत्वको सरकार ढलिसकेपछि कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरु कसरतमा छन्। संसदीय आंकडा अप्ठ्यारो रहेको यो प्रदेशमा बहुमत पुर्‍याउन दलहरुले मौजुदा गठबन्धन तोड्नुपर्ने स्थिति बन्दै गएको छ। अन्यथा, संघकै गठबन्धन कायम रहे सरकार गठनका लागि आवश्यक ४७ सांसदको समर्थन पुर्‍याउन दलहरुलाई हम्मे पर्ने देखिएको छ। 

संघीय सत्ता गठबन्धन र एउटै राजनीतिक कित्तामा रहेका दल बीचको संसदीय नम्बर हेर्ने हो भने बराबर छ। कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी–जसपा एकातिर र संघीय सरकारको प्रतिपक्षीका साथै यो प्रदेशमा अद्यापि एकै ठाउँमा रहेका एमाले–राप्रपा अर्कातिर रहँदा सांसदहरु समान ४६ हुन्छन्। ९३ सदस्य रहेको प्रदेश सभामा सभामुख माओवादी केन्द्रका रहेकाले उनले सरकार निर्माण प्रक्रियामा सहभागीता जनाउन नपाउने विपक्षी र संवैधानिक कानुनका ज्ञाताको तर्क छ। यस्तो, अवस्थामा ‘टार्गेट ४७’ हाँसिल गर्न जटिल हुने देखिएको छ। 

मुख्यमन्त्रीको उम्मेदवार टुङ्ग्याउन नै विलम्ब
तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की प्रदेश सभामा विश्वासको मत जुटाउन नसके शुक्रबार पदमुक्त भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार सरकार गठनको आह्वान गरे। उनले सरकार गठनका लागि बुधबार साँझ सम्मको समय दिएका छन्। 

सरकार गठनको लागि आह्वान भए पनि कांग्रेस नेतृत्वको गठबन्धनले सोमबार मात्र मुख्यमन्त्रीका उम्मेदवार टुङ्ग्याएको छ। त्यो पनि केन्द्रीय तहका नेताहरुको बैठक बसेर। यसअघि मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बो र कांग्रेसका उद्धव थापाको दाबी थियो। बालुवाटारमा बसेको बैठकले मुख्यमन्त्रीमा थापालाई अघि सार्ने निर्णय गर्‍यो। उम्मेदवार टुङ्गो लगाए पनि बहुमत जुटाउने कसरत गर्ने जिम्मा पनि कांग्रेसकै नेतृत्वलाई दिएको एकीकृत समाजवजादीका नेता राजेन्द्र पाण्डेले बताए। 

‘गठबन्धन भित्र कोशी प्रदेशमा ठूलो दल कांग्रेस छ। कांग्रेसले आफूले मुख्यमन्त्री पाउनु पर्ने दाबी गर्‍यो। त्यसकारण कांग्रेसलाई मुख्यमन्त्री दिएर बाँकी कसलाई कसलाई समावेश गर्नुपर्छ। कसरी समावेश गर्नुपर्छ। सिट संख्या कसरी पुर्याउनु पर्छ यो तपाईंहरु नै वर्कआउट गर्नुहोस् भनेर जिम्मा दिएका छौं,’ वालुवाटार बैठकबाट बाहिरेने क्रममा पाण्डेले संचारकर्मीलाई जानकारी दिए। 

कसरी ‘वर्कआउट’ गर्दैछ कांग्रेस?
बहुमत जुटाउने जिम्मा पाएको कांग्रेसले के गृहकार्य गर्दैछ? नेपाल लाइभको प्रश्नमा कांग्रेस प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीका ‘उम्मेदवार’ उद्धव थापाले आफूहरु दलहरुसँग सघन छलफलमा रहेको जवाफ दिए। संघीय गठबन्धनभन्दा फरक परिवेश रहेकोले यहाँ विशिष्ठ खालको गठबन्धन बन्न सक्ने उनले औंल्याए। 

उनको आशय कोशीमा राप्रपासहितको गठबन्धन बन्ने भन्ने थियो। ६ सांसद रहेको राप्रपा यो गठबन्धनमा आए स्पष्ट बहुमत पुग्छ। 

‘संघ जस्तो अवस्था छैन यहाँ। यहाँ विशिष्ठ किसिमको गठबन्धन बन्नसक्छ। अन्यथा सभा नै विघटन हुनेतर्फ जान सक्छ। सम्बन्धित दलले बुझेको छ। अस्थिरताको कारक नबन्ने बताउनुभएको छ, नेताहरुले। मलाई विश्वास छ हामी छिट्टै एउटा सहमति निर्माण गर्छौँ,’ थापाले भने। 

Ncell 2
Ncell 2

तर थापा यो गृहकार्यमा पार्टीको केन्द्रीय नेतृत्व र गठबन्धनका शीर्ष नेताहरु पनि रहेकोले कांग्रेस मात्र एक्लै नरहेको दाबी गर्छन्। 

सिटौला विश्वास गर्दैनन् थापालाई
थापाले राप्रपाको समर्थन पाउने दाबी गरे पनि राप्रपाका संसदीय दलका नेता भक्ति सिटौला र उनी बीचको टकरावले सायदै काम गर्ला। तत्कालीन कांग्रेसका नेता सिटौला २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा प्रत्याक्षी बन्ने आकांक्षा राखेका थिए, झापा क्षेत्र नम्बर २ बाट। तर कृष्ण सिटौला हाबी भएर भक्ति सिटौला यति किनारामा परे कि उनले तत्कालै कांग्रेस परित्याग गरे र राप्रपाबाट टिकट पाएर उम्मेदवार बने। 

कालान्तरमा उनै सिटौला समूहका थापालाई मुख्यमन्त्री बनाउन निर्णायक बन्न पुगेका भक्ति सिटौला सहजै विश्वासको मत दिन सहमत नहुने बताउँछन् राप्रपा एक सांसद। ‘भक्ति सिटौला उद्धव थापालाई मुख्यमन्त्री बनाउन सजिलै सहमत होलान् भन्ने मलाई विश्वास छैन। तर राजनीति हो, केही लेनादेनामा सहमत होलान् पनि,’ नाम नबताउने शर्तमा ती सांसदले भने। 

राप्रपाका सांसदले संकेत गरेजस्तो ‘लेनादेना’ भनेको सिटौलाको मुख्यमन्त्री बन्ने दाउ हो। मुख्यमन्त्रीमा आलोपालो गर्नुपर्ने उनको माग छ। यद्यपि सिटौला भने त्यसलाई अस्वीकार गर्छन्। ‘मुख्यमन्त्री हाम्रो दाबी छैन। उहाँहरु के–केमा हुन्छ छलफल गरौँ भन्नु हुँदैछ। हेरौं न,’ सिटौलाले संक्षिप्त जवाफ दिए। 

एमाले पनि बहुमत जुटाउने कसरतमा
प्रदेश सभामा विश्वासको मत सिद्ध गर्न १ सांसदको साथ नपाउँदा सरकार गुमाएको एमाले पनि नयाँ सरकार गठनको प्रयासमा छ। १ जना मात्रै सांसदको साथ पाए सरकार गठन गर्न सकिने अवस्थामा एमालेले पनि प्रयास जारी राखेको छ। 

एमालेले आफ्नो सरकार गठनका लागि जनता समाजवादी पार्टीलाई फकाइरहेको छ। अहिलेसम्म राप्रपा पनि आफ्नै साथमा रहेकाले जसपालाई मनाउन सकेन सरकार गठन गर्न सकिने एमाले नेताहरुको बुझाइ छ। 

तर जसपाले एमालेललाई समर्थन नगर्ने संकेत गरिसकेको छ। १ मात्र प्रदेश सांसद निर्मला लिम्बू अहिले पार्टी नेतृत्वको स्पष्ट सुझाव नआएको बताउँछिन्। सोमबार मात्र सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेलाई अहिले आराम चाहिएको टिप्पणी गरेका थिए। 

तर एमाले नेताहरु आफूहरू चुप लागेर नबेसको बताउँछन्। ‘हामी छलफल गरिरहेका छौं। हाम्रो त प्रस्ताव सर्वपक्षीप सरकार बनाउँ भन्ने हो,’ प्रदेश सरकारका निर्वतमान मन्त्री समेत रहेका एमालेका तिलकुमार मेन्याङ्बोले भने,‘समय भित्रमा केही नयाँ बन्नसक्छ।’

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राज... आइतबार, असोज १२, २०८२
ओली र लेखकसहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविल... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्