नयाँ दिल्ली– अक्षय कुमार र सुनील शेट्टीले आफ्नो करिअरको सुरुवातमा बलिउड एक्सन फिल्ममा काम गरेका थिए।
उनीहरूले बलिउडमा करिअरको सुरुवातमा एउटा ठूलो फिल्म पाए।
जसको नाम थियो– ‘मोहरा’। जुन राजीव राईको निर्देशनमा बनेको थियो।
अनिल कपुरले फिल्म ‘मोहरा’मा दुई नयाँ कलाकारलाई कास्ट गरेको सुनेपछि अनिलले विवादित कुरा बोले।
उनले अभिनय नै थाहा नभएकोलाई राजीवले मुख्य भूमिकामा अनिनय गराएको बताए। सुनील शेट्टीले अनिल कपूरले भनेको कुरा थाहा पाएपछि उनी निकै रिसाए।
फिल्म ‘मोहरा’का निर्माता शब्बीर बक्सवालाले सुनील शेट्टीलाई जिममा कसरत गरिरहेको देखे, उनको दिमागमा एउटा कथा उब्जियो।उनले गुलशन रोयलाई यो कुरा बताए। अन्ततः दुवैले फिल्म ‘मोहरा’ बनाउने मन बनाए।
फिल्म ‘मोहरा’को कथा हलिउडका दुई फिल्म ‘हार्ड बाइल्ड’ र ‘डेथ विश ४: द क्र्याकडाउन’बाट प्रेरित रहेको बताइएको छ। फिल्मको एक्सन सिक्वेन्स पनि यी हलिउड फिल्मबाट प्रेरित भएको बताइएको छ। ‘मोहरा’ सन् १९९४ को दोस्रो सर्वाधिक कमाउने चलचित्र हो।
चलचित्र ‘मोहरा’ को ‘ना कजरे की धर’ गीत निकै चर्चित भयो, जुन गीत ६०/७० को दशकमा लोकप्रिय गायक मुकेशले गाएका थिए। यसको नयाँ संस्करण पनि निकै चर्चित भएको थियो, जसलाई पंकजले गाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।