• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘मिटरब्याजी समस्या बैंकहरुको वेथितिको उपज हो’

64x64
ईश्वर बराल आइतबार, असार १७, २०८०  २०:२५
1140x725

काठमाडौं– मिटिरब्याजी समस्या बैंकहरुको वेथितिको उपज रहेको सांसदहरुले दाबी गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा सहभागी हुने सांसदहरुले उक्त दाबी गरेका हुन्।

उक्त विधेयक मिटरब्याजीहरुलाई कानुनी कठघरामा ल्याउन तयार पारिएको हो। सोही विधेयकमाथिको छलफलमा सहभागी हुने सांसदहरुले बैंकिङ प्रणालीबाट ऋण लिन जटिल हुने गरेकोले गरिब तथा कमजोरहरु साहुहरुकोमा जानुपर्ने र मिटरब्याजको शिकार हुनुपर्ने बताएका छन्।

उक्त विधेयकमाथिको छलफलमा सहभागी स्वतन्त्र सांसद प्रभु साहले मिटरब्याजी समस्या बैंकहरुको वेथितिको उपज रहेको बताएका छन्। ‘यो मिटिरब्याजी समस्या राष्ट्रिय बैंकहरुको वेथितिको उपज हो। जान्न चाहन्छु राष्ट्रिय बैंकहरुको पुँजीहरु के काठमाडौं केन्द्रित मात्र हुनुपर्ने हो? काठमाडौं बाहिर कति पुँजी परिचालन भएको छ?,’ सांसद साहले प्रश्न गर्दै भनेका छन्।

सांसद साह बैंकले सहजरुपमा ऋण प्रवाह नगर्ने भएकोले मान्छेहरु साहु माहाजनकोमा पुग्नुपर्ने बाध्यता रहेको दाबी गर्छन्। ‘बैंकले पैसा दियो भने व्यक्तिकोमा को जान्छ त मान्छे ठगीन? उपायै छैन, किन भने बैंकले पैसा दिँदैन। मान्छेले सहज ढंगले ऋण पायो भने यस्ता कथाहरुको पनि जरुरत पर्दैन,’ सांसद साहले भने,‘मान्छेले सहजै ऋण नपाएर बाध्य भएर ठगीन पुगिरहेको छ।’ सांसद साहले बैंकका ऋण हरेक मान्छेका हातमा पुग्न सक्नुपर्ने अवस्था निर्माण गर्न माग गरेका छन्।

यस्तै अर्का स्वतन्त्र सांसद अमरेश कुमारसिंहले बैंकहरुले व्यापारीहरुलाई मात्र ऋण दिने भएकोले गरिब, किसान र दलितहरु मर्कामा पर्ने गरेको बताएका छन्। ‘सरकारी होस् या निजी बैंक ठूला व्यापारीका लागि छन्। किनभने नेता ज्यूको घरघरमा त ठूला व्यापारी आउँछन्। विचरा गरिब, किसान, दलित त आउँदैनन्। कुनै चेपाङ त आउँदैनन्,’ सांसद सिंहले भने,‘बिना धितो ऋण दिन्छ? दिँदैन। त्यसकारण मानिस साहु माहाजनकोमा ठोकिन पुग्छ। व्यवहारिक पाटो पनि हेरियोस्।’

सांसद सिंहले बैंकिक माध्यमबाट सहजरुपमा पैसा दिने व्यवस्था गरेमा मात्र मिटिरब्याजी पिडितहरु हटेर जाने जनाए। रास्वपा सांसद विराजभक्त श्रेष्ठले जनतालई वित्तीय संस्थाहरुको पहुँचमा पुर्‍याउनुपर्ने बताएका छन्। 

‘वित्तीय साक्षरता बढाउनुपर्छ जस्तो लाग्छ। वित्तीय पहुँचको जनचेतना पनि आवश्यक छ। माइक्रो फाइनान्स छ, फाइनान्स छ, सहकारी छ तर विचरा ती मेहनत गर्ने किसानको पहुँच नै पुगेको छैन,’  सांसद श्रेष्ठले भने, ‘सहज कर्जा प्रवाह गर्ने नीति पनि अख्तियार गर्नुपर्छ। उसँग विकल्पै छैन।’

यस्तै, जसपा सांसद प्रदीप यादवले बैंक तथा सहकारीहरु नै मिटिरब्याजी रहेको आरोप लगाएका छन्। ‘गाउँको साहु महाजनभन्दा बढी अहिले सहकारी संस्था मिटरब्याजी हो। त्यसलाई सरकारले लगाम लगाउने कि नलगाउने? बैंकहरुले ब्याजमाथि ब्याज लगाउँछ। त्यसमा कानुन लाग्छ कि लाग्दैन?,’ सांसद यादवले प्रश्न गर्दै भने, ‘बैंकहरुबाट कृषकले सहजरुपमा ऋण पाउँछ कि पाउँदैन? त्यसमा पनि ध्यान दिनुपर्‍यो।’

Ncell 2
Ncell 2

रास्वपा सांसद सुमना श्रेष्ठले पनि वित्तीय संस्थाहरुमा पहुँच पुर्‍याउनुपर्नेमा जोड दिएकी छन्। ‘जबसम्म वित्तीय संस्थाहरुमा पहुँच हुँदैन। जबसम्म मान्छेहरुले आफ्नो सानो सानो काम गर्नका लागि ऋण प्रवाहमा पहुँच हुँदैन। हामीले सल्टाउँदैनौं,’ सांसद श्रेष्ठले भनिन्।

यस्तै, जसपा सांसद राजकिशोर यादवले बैंकहरुमा कृषक, मजदुरको पहुँच भएमा मिटरब्याजको समस्या स्वत: घटेर जाने दाबी गरे। ‘बैंकमा कृषक र मजदुरहरुको सहज पहुँच भयो भने यो स्वत: घटेर जान्छ।  राज्यले यसको वैकल्पिक व्यवस्था पनि नगरेकोले केही गलत र बदमास गर्नेका कारण आज समाजले दु:ख पाएको छ,’ सांसद यादवले भने।

यस्तै, जसपाकै सांसद रेखा यादवले बैंकहरुले ऋण दिन झन्झटिलो व्यवस्था राखेकोले नै यस्ता समस्याहरु आएको औंल्याएकी छन्। ‘कृषि बैंकले सजिलै ऋण दिने भएको भए आम नागरिक साहु माहजनबाट ठगीन पुग्थ्यो? आम नागरिक ऋण लिन जब बैंक पुग्छन् त्यहाँ निकै नै नियम कानुनहरु देखाइन्छ जसले गर्दा उसले ऋण लिन पाउँदैन,’ सांसद यादवले भनिन्।

सोही पार्टीकी अर्की सांसद रञ्जु झाले बन्न लागेको कानुनले १० प्रतिशतमाथि ब्याज लिनेलाई फौजदारी अपराध मान्ने भनेकोले बैंकहरु के हुने भन्ने प्रश्न गरिकी छन्।

‘१० प्रतिशतभन्दा बढी ब्याज लिनेलाई फौजदारी अपराध सरह मान्ने भन्ने छ। त्यो फौजदारी अपराधभित्र बैंकहरु पर्छ कि पर्दैन? सहकारी पर्छ कि पर्दैन? त्यो पनि प्रष्ट भएर जाओस्,’ सांसद झाले प्रश्न गरेकी छन्।

यस्तै, राप्रपा सांसद रोशन कार्कीले निजी बैंकहरुकै कारण मिटरब्याज पिडित बन्ने गरेको आरोप लगाएकी छन्। ‘बैंक छ। तर बैंकको ग्राहक चाहिँ त्यो मिटर ब्याजबाट पीडित व्यक्तिहरु छैनन्। जब बैंकको प्रक्रियालाई सहजीकरण गर्दैनौं, त्यसको झन्झटिलो प्रक्रियालाई सहज गर्दैनौं भने मिटरब्याजीहरु बढ्छन्,’ सांसद कार्कीले भनिन्।

विधेयकमाथिको छलफलपछि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानुनमन्त्री धनराज गुरुङले बैंकहरुमा जनताको पहुँच पुर्‍याउन राज्य गम्भीर बन्ने प्रतिबद्धता जनाएका छन्। ‘बैंकहरुलाई जनताको पहुँचमा पुर्‍याउन राज्यले ध्यान पुर्‍याउनेमा राज्यको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्री गुरुङले भने।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्‍य... शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको बताए । शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शिक्षा मन्त्री भएर पैसाको अभाव हुँदा आफूले धेरै शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन नसकेको बताएका छन्।६ लाख जनतालाई कालो... शनिबार, मंसिर २०, २०८२
ताजा समाचारसबै
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य शनिबार, मंसिर २०, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्