काठमाडौं– कालिमाटी बिष्णुमती पुलमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। बा.३४ प ५४१५ नम्बरको मोटरसाइकल र ना.४ ख २९४८ नम्बरको ट्याङ्कर ठक्कर खाई दुर्घटना हुँदा काठमाडौं सितापाइला बस्ने दोलखा क्षेत्रपा गाउँपालिका–८ की ३२ बर्षीया बबिता थापाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो। दुबै सवारी साधन र दुबै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।