दाङ- सल्यानमा घरको भित्ता (दिवाल) भत्कँदा ५ जनाको मुत्यु भएको छ।
बागचौर नगरपालिका ४ सिमाखोली सेतीगुराँस गाउँमा अविरल वर्षापछि पानीले भिजेएको भित्ता भत्किँदा एकैघरका ५ जनाको ज्यान गएको हो। मृत्यु हुनेमा ४० वर्षका रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी रहेका छन्। सोही घरका छोरीहरु ७ वर्षीया गंगा कामी, ६ वर्षीय प्रमिला कामी र ४ वर्षका रुपलाल कामीको समेत मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहले जानकारी दिए।

सोही घटनामा ११ वर्षीया सुनिता विक घाइते भएकी छन्।
गएराति वर्षापछि घरको भित्ता भत्किएर अरु पुरिएपछि सुनिताले गाउँलेहरुलाई खबर गरेकी थिइन्।
घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली पुगिसकेको र प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहितको जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको टोली पनि घटनास्थलजाँदै गरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।