• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बच्चा पाल्नदेखि लागुपदार्थ सेवनसम्मका लागि बेचिन्छ देह, उपत्यकामै ४० हजार 'नगरनायिका'

64x64
नेपाल लाइभ बुधबार, भदौ १३, २०७५  ०१:३०
1140x725

काठमाडौं– साँझपखको समय। मानिसको भिडभाड। चिटिक्क शरीर भएका तीन जना युवती यताउता हेर्दै घुमिरहेका छन्। ती युवतीहरूमाथि केही अधवैंशे युवकको  अविचलित दृष्टिपात परिरहेको छ। अधवैंसे युवक र युवतीहरूबीच खासखुस कुराकानी हुन्छ। केही समयपछि युवतीहरू अन्तै मोडिन्छन्। 

काठमाडौंको बालाजुस्थित नयाँ बसपार्कको आकाशे पुलमुनिको दृष्य हो, यो। 

साँझपख बसपार्कमा अक्सर यस्तै दृष्य भेटिन्छ। अर्थात् ‘नगरनायिका’को शरीरको ‘मोलमोलाइ’। ‘ग्राहक’को खोजीमा हिँड्ने नगरवधु, यौनतृष्णा मेटाउन उपयुक्त नगरवधुको खोजीमा भौंतारिने युवकहरूको धन्दाले  साँझपख समयमा बसपार्क आसपासको क्षेत्र थप व्यस्त बनाउँछ। 

गरिबी र बेरोजगारीले निम्त्याएको बाध्यता 

रामेछापकी गौरी (नाम परिवर्तन) दुई वर्षअघि गाउँकै एक दिदीसँग कामको खोजीमा काठमाडौं आइन्। उनले केही समय गौशालाको एक होटलमा काम गरिन्।
होटलमा काम गर्दागर्दै एक जना ‘दिदी’सँग गौरीको चिनजान भयो। होटलको कामभन्दा सजिलो हुने र कमाइ पनि राम्रो हुने आश्वासनमा ती दिदीले गौरीलाई लोभ्याइन्। 

त्यसको केही समयपछि गौरी कालीमाटीको एक पसलमा पुगिन्। यहींबाट सुरु भयो उनको ‘यौन धन्दा’। ‘लहैलहैमा लागेर यस्तो पेसामा फसें,’ गौरीले भनिन्। 
गरिबी र बेरोजगारीको दुष्चक्रले घेर्दा आफू शरीर बेच्ने बाध्यतामा पुगेको बताउँछिन्, गौरी। 

बच्चा पाल्नकै लागि यौन पेसा 

रत्नपार्कको पुरानो बसपार्कमा अर्की ‘नगरवधु’ भेटिइन्, सन्तु (नाम परिवर्तन)। यौन पेसामा आउनुको उनको व्यथा कारुणिक छ। छोरा पाल्न यस पेसामा लागेको उनको भनाई छ। उनका छोरा ९ वर्षका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘श्रीमानले अर्की श्रीमती लिएर भारत पसे,’ उनले भनिन्, ‘बेसहारा मलाई यौन पेसा अपनाउनुको विकल्प रहेन।’ निरक्षर भएकाले पनि कसैले काम नदिने उनले बताइन्। 
उनी आफैंलाई यौन पेसा कहिले छोडौं जस्तै भएको छ। ‘राम्रो काम पाए यो पेसा छाड्ने थिएँ,’ उनले भनिन्। 

नसाकै लागि शरीर साट्ने 

रौतहटकी गीता (नाम परिवर्तन) नर्स बन्ने सपना देख्थिन्। त्यही सपना बोकेर उनी काठमाडौं आइन्। तर, काठमाडौं आएपछि उनी खराब साथीका संगतमा फसिन्। साथीकै संगतले उनलाई रक्सी र लागुऔषधको कुलतमा फसायो। चाहिएको बेला खानै पर्ने । तर साथमा जहिल्यै पैसा नहुने समस्या झेलिन् उनले। अन्ततः उनी यौनकर्मी बन्न पुगिन्। 

नसा सेवनकै लागि आफ्नो शरीर बेच्छिन् उनले। यौनकर्मबाट आर्जेको पैसा नसामै खर्चिन्छिन्।

Xtrem

Xtrem

ग्राहक खोज्न ‘दलाल’

भद्रकाली पुल छेउमा एक जना महिला फलफूल बेच्छिन्। संगीता (नाम परिवर्तन) भनिने उनी यो सँगै अर्को काम पनि गर्छिन्, ‘यौनकर्मीलाई ग्राहक खोज्ने’। उनीसँग १५ देखि ४५ वर्षसम्मका यौनकर्मी महिला सम्पर्कमा छन्। संगीता यौनकर्मी महिलालाई ‘कमिसन’ मा ग्राहक खोज्छिन् । 

उपत्यकामा ४० हजार यौनकर्मी 

विभिन्न संघसंस्थाहरूले गरेको अध्ययनले उपत्यकामा करीव ४० हजार यौनकर्मी महिला छन्। 

समूह नेपालले गरेको एक अध्ययन अनुसार अधिकांश यौनकर्मी १८ देखि २० वर्ष उमेर समूहका छन्। उक्त अध्ययन अनुसार ४० प्रतिशत यौनकर्मी १८ देखि २० वर्ष उमेर समूहका र ३३ प्रतिशत यौनकर्मी १८ वर्ष मुनिका छन्। 

त्यस्तै, ३१ प्रतिशत निरक्षर छन् । कूल यौनकर्मीमध्ये ५१ प्रतिशत मात्र साक्षर छन् भने करिब २० प्रतिशतले बीचैमा पढाई छाडेर यौनधन्दाको काम अंगालेका छन्। 

काठमाडौंका ठमेल, बालाजु, माछापोखरी, गोंगबु, कंलकी, रत्नपार्क र कोटेश्वर क्षेत्रमा यौनकर्मी पाइन्छन्। क्याबिन रेस्टुरेन्ट, डान्सबार, दोहोरी साँझलगायतमा काम गर्नेहरू यस्तो पेसामा संलग्न छन् । 

यौन अड्डा बने होटल, एक हजारदेखि ३० हजारसम्मको मोलमोलाइ

अधिकांश यौनधन्दा होटलमा नै हुने गरेका छन्। यसका लागि उनीहरूले होटलसँग विशेष सम्बन्ध बनाएका हुन्छन् र ग्राहक पाएपछि त्यतै लैजाने गरेको एक यौनकर्मीले बताइन्। 

प्रहरीकै सौदाबाजी 

सबैभन्दा ठूलो डर प्रहरीसँग लाग्ने यौनकर्मी महिलाहरू बताउँछन्। कतिपय अवस्थामा प्रहरीले नै सौदाबाजी गर्ने उनीहरूको भनाइ छ। ‘केही प्रहरी त राति राम्रो चिज चाहियो भन्दै होटलमा आउँछन्,’ एक यौनकर्मीले भनिन्। प्रहरीमात्र होइन ‘हाइफाई’ वर्ग पनि यौनप्यास मेटाउन आफूहरूकहाँ आउने गरेको ती महिलाहरू बताउँछन्। 

यौनकर्मीलाई सम्र्पक गराउने होटलवाला र पुलिसको सम्बन्ध अक्सर राम्रो हुने उनीहरूको भनाइ छ। ‘प्रहरीसँग राम्रो सम्बन्ध नभएका होटल त जानु डरमर्दो हुन्छ,’ एक यौनकर्मी महिला भन्छिन्। 

प्रतिग्राहक १ हजारदेखि ३० हजार रुपैयाँसम्म लिने गरेको बताउँछन्, यौनकर्मी महिलाहरू। यौनकर्मीबीचमा पनि आफ्नै ‘तह’ र ‘क्षेत्र’ हुन्छन्। 

‘अवसर दिएर सुधार्न सकिन्छ’ 

महिला बालकालिका तथा जेष्ट नागारिक कार्यालय, काठमाडौंकी कार्यालय प्रमुख अनिता अधिकारी उचित अवसर प्रदान गर्न सकिए यौनकर्मी महिलालाई उक्त पेसाबाट मुक्त गराउन सकिने बताउँछिन्। 

च्वाइस नेपालकी सविता दाहाल सूचना अभावका कारण पनि धेरै महिला यस्तो पेसा अंगाल्न पुग्ने गरेका बताउँछिन्। ‘महिलाहरूलाई यस्तो पेसाको जोखिमका सम्बन्धमा समयमै सूचना दिन सके समस्या समाधान हुन सक्थ्यो,’ उनी भन्छिन्। 

यौनकर्ममा संलग्न महिलालाई समय–समयमा प्रहरीले सार्वजानिक अपराध ऐन अन्तर्गत सामान्य कारबाही गर्ने गरेको छ। तर, पक्रेको केही दिनमै प्रहरीले यस्ता यौनकर्मीलाई मुक्त गरिदिन्छ। 

लामो समय पहिलेदेखि नै खुलेआम रुपमा यौन व्यवसाय फस्टाउँदै गएपनि सरकारले व्यवस्थापन गर्न सकेको छैन। फाट्टफुट्ट ‘रेड एरिया’का विषय कुरा उठ्ने गरेपनि खासै प्रगति भने भएको छैन। 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०७५  ०१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
सम्बन्धित सामग्री
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस... बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई पठाएको निर्णयमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने व्यवस... बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा मङ्गलबार प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्