काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री कार्यालय र सचिवालयबाट सन्तुष्ट नभएको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च शीर्षकमाथिको प्रश्नहरुको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन्।
‘माननीय रघुजी पन्तले तपाईं सन्तुष्ट हुनुहुन्छ प्रधानमन्त्री कार्यालय, सचिवालय, यो सबैबाट भन्नुभएको छ। म सन्तुष्ट वास्तवमा छैन। सन्तुष्ट हुनका लागि केही नयाँ गर्न चाहेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने,‘रघुजी पन्त जस्ता माननीय सदस्यहरुले राम्रो सुझाव दिनुभयो भने म पालना गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।