काठमाडौं- उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि बुधबार बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ। परिषद् स्रोतका अनुसार बैठकमा सबैको उपस्थिति हुन नसक्ने जानकारी आएपछि स्थगित गरिएको हो।
बैठकमा कानुन मन्त्री धनराज गुरुङले उपस्थित हुन नसक्ने जानकारी गराएका थिए। प्रतिनिधि सभामा बजेट पारित गराउने छलफल चलिरहेको भन्दै उनले आफैं बैठकमा आउन नसक्ने जानकारी प्रधानन्यायाधीश एवं परिषद् अध्यक्ष हरिकृष्ण कार्की र सचिवालयलाई गराएका थिए। बजेट पारित गर्ने दिन मन्त्री अनुपस्थित हुँदा र दलले अनिवार्य उपस्थितिका लागि ह्वीप समेत जारी गरेकाले उनले यस्तो जानकारी गराएका थिए।
परिषद्ले ४१ उच्च न्यायाधीशको सिफारिस गर्ने तयारी गरेको थियो। गत सोमबार बसेको परिषद्को बैठकले नियुक्तिका लागि सर्ट लिस्ट तयार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।