काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुर्रा राँगो कि भैंसी भन्ने विवादमा संसद्को लामो समय लिएको भन्दै सांसदहरुसँग गुनासो गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च शीर्षकमाथिको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
आफ्नो भारत भ्रमणको क्रममा वर्षौंदेखि रोकिएको नेपाल-भारत पारवहन सन्धि संशोधनसहित नवीकरण गरेको र भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रु हुँदा पनि संसद् मुर्रा भैंसी कि राँगा भन्ने बहसमा अड्किएकोले आफूलाई दु:ख लागेको बताएका छन्।
‘संसदसँगै पनि मेरो गुनासो रहने गरेको छ। भारत भ्रमणको क्रममा वर्षौंदेखि रोकिएको नेपाल-भारत पारवहन सन्धि संशोधनसहित नवीकरण गरेको र भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रु भयो। हामीले यति ठूला उपलब्धि छाडेर मुर्रा राँगो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं,’ प्रभानमन्त्री प्रचण्डले भने, ‘यस्ता घटनाबाट जनता पर्ने प्रभावबारे सम्मानित सदन गम्भीर हुनेछ भन्ने विश्वास लिएको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।