काठमाडौं- सत्तारुढ राष्ट्रिय जनमत पार्टीले सरकारको बजेटका पक्षमा मतदान नगर्ने भएको छ। बुधबार पारित हुन लागेको आर्थिक वर्ष २०८०/०८१ को बजेट आफ्नो पार्टीलाई अस्वीकार्य भएको अध्यक्ष सिके राउतले बताएका छन्।
संसदीय दलको बैठकले पक्षमा मतदान गर्न नसकिने निर्णय गरेको उनले बताए। उनले भने, 'गरिबमारा, मधेस विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय आज जनमत पार्टीको संसदीय दलको बैठकले गरेको छ।'
अर्थतन्त्र धराशायी भइराखेको बेलामा लुटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको अध्यक्ष राउतको आरोप छ। 'बजेट कुनै पनि हालतमा स्वीकार्य छैन। मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन सकिँदैन,' उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।