काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले राहदानी विभाग अगाडि भीड नरहेको दाबी गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयको खर्च शीर्षकमाथिको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले उक्त दाबी गरेका हुन्।
‘राहदानी लिन त्यस्तै सकस थियो। बिचौलियालाई हजारौं तिरेर र हप्तौं लाइन बसेर ठूलो प्रतीक्षापछि मात्र रहादानी हाता पर्ने गर्दथ्यो। अहिले रहादानी विभाग विभाग अगाडि भीड छैन,’ प्रधानमन्त्रीले दाबी गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले आवेदन दिन कुनै बिचौलिया नचाहिने र मोबाइलबाट चौबीसै घण्टा आवेदन दिन सकिने अवस्था रहेको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।