काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र जागेको र विस्तारै सहज हुँदै जाने बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले उक्त दाबी गरेका हुन्।
‘अर्थतन्त्र केही जागेको छ। अहिले सबैजसो आर्थिक सूचकहरु सकारत्मक दिशातर्फ अघि बढ्दै छन्,’ प्रधानमन्त्रीले भनेका छन्।
प्रधानमन्त्री प्रचण्डले विदेशी मुद्रा सञ्चिति बढेको, व्यापार घाटा कम भएको, गत वर्षको यही समयको तुलनामा पर्यटक दोब्बर बढेकोले अर्थतन्त्र सुधार उन्मुख भएको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।