काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छन्।
मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन्। उनले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै हल्ला चलाउने अफवाह मात्रै भएको बताइन्।
उनले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धता अनुसार अघि बढिरहेको बताइन्। उनले मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कामय गर्न दृढ भएर सरकार अघि बढेको अवस्थामा सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै भएको बताइन्।
मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा प्रक्राउ गरिएको जानकारी दिइन्।
उनले सरकारले अनुसन्धान कुन तहसम्म पुर्याउनेभन्दा पनि अनुसन्धानले जहाँ पुर्याउँछ त्यहाँसम्म पुग्ने उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।