काठमाडौं– सरकारले देशका विभिन्न सात क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कालीकोटका केही नगरपालिका र गाउँपालिकासहित देशका सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो।
मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको बताइन्।
उनले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको रुपमा नबराज अधिकारीलाई नियुक्त गरेको पनि बताए।
उनले भनिन्, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा देशका विभिन्न ठाउँका सात वटा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको छ। प्रस्तावहरु आएका क्षेत्रहरु कालीकोटका केही नगरपालिका र गाउँपालिकाहरु छन्। नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको रुपमा नवराज अधिकारी नियुक्त हुनुभएको छ।’
उनले देशका विभिन्न ठाउँबाट औद्योगिक ग्राम स्थापनाको लागि प्रस्ताव आएकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।