फाइल तस्बिर
काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ। यसअघि यही असार २३ गतेदेखि प्रज्ञा भवन कमलादीमा बस्ने भनिएको बैठक साउन १७ गते मात्रै बस्ने भएको छ।
माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले मंगलबार एक आन्तरिक परिपत्रमार्फत् बैठक सरेको जानकारी गराएका हुन्।
‘सबै प्रदेशहरुमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आवको हिसाब फर्छ्यौट गर्नुपर्ने कारणले’ गर्दा बैठक सरेको परिपत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।