काठमाडौं– आगामी बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको छ।
संघीय संसद् सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यहि असार १४ गते बिहीबार अपराह्न १ बजे बस्ने गरी तय भएको बैठक स्थगित गरिएको जनाएको छ।
निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक उक्त दिन सार्वजनिक बिदा पर्न गएको कारण तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६को उपनियम (३) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाद्वारा असार १५ गते शुक्रबार अपराह्न २:३१ बजे बस्नेगरी निर्धारण गरिएको छ’ संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।