काठमाडौं- बजेटको पक्षमा मतदान गर्न माओवादी केन्द्रले ह्विप जारी गरेको छ। सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले ह्विप जारी गरेका हुन्।
असार १३ गते बुधबार आव २०८०/०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेकोले बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वर्षिक बजेट) को पक्षमा मतदान गर्न भन्दै ह्विप जारी गरिएको हो।
प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल तथा सत्ता सहयात्री दल नेपाली कांग्रेसले पनि ह्विप जारी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।