काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरु नियुक्ति हुने गरेको दाबी गरेका छन्।
न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको चर्चा भइरहँदा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। मन्त्री गुरुङले संविधानले नै प्रद्धत्त गरेको अधिकार भित्रै रहेर न्यायाधीशहरु नियुक्ति हुने गरेको विगत सबैले बुझेको हुनुपर्ने उल्ल्ख गरे।
मंगलबार प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले न्यायालय राजनीतिक भर्ती केन्द्र भएजस्तो आफूलाई नलागेको बताए।
मन्त्री गुरुङले संविधान कुल्चेर, संविधानभन्दा बाहिर गएर न्यायाधीशहरु नियुक्त नभएको दाबी गरे। प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो पहुँचकै आधारमा सर्वोच्च अदालतमा मुद्दाहरु फर्स्योट हुने गरेको भनाइमा पनि सत्यता नरहेको उनको भनाइ छ।
सर्वोच्च अदालतको आफ्नै प्रक्रिया भित्रबाट मुद्दाहरुको छिनाफानो हुने गरेको मन्त्री गुरुङले बताए। न्यायालयले न्याय सम्पादनको काम स्वतन्त्र ढंगले गर्ने गरेको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।