सूर्य थापा (फाइल तस्बिर)
काठमाडौं– एमाले सांसद सूर्य थापाले निर्वाचन आयोगका जिल्लास्थित कार्यलयहरुलाई सीडीओ (प्रमुख जिल्ला अधिकारी) कार्यलयको इकाइ बनाएर राख्ने सरकारको निर्णयको खारेजीको माग गरेका छन्। सांसद थापाले उक्त कार्यालयलाई सीडीओको छायाँमा रुपान्तरण गरेमा निर्वाचनको निस्पक्षतामा प्रश्न उठ्ने बताए।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद थापाले उक्त कुरा बताएका हुन्।
‘निर्वाचनका कामलाई सीडीओ कार्यलयको छायाँको रुपमा रुपन्तरण गर्ने काम नगरियोस् भन्नका लागि यो कुरा हामी जोडदार रुपमा माग गर्छौँ,’ सांसद थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।