काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तथ्यांकका आधारमा सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताएका छन्।
सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा ग्रहण गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
उनले राज्यका हरेक नीति तथा कार्यक्रम बनाउँदा तथ्यांक कार्यालयले संर्वेक्षण गरेको तथ्यांक उपयोगी हुने बताए। उनले राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने बताए।
सभामुख घिमिरेले पछिल्लो जनगणना प्रतिवेदन तथ्यांक कार्यालयले जरोमा पुगेर सर्वेक्षण गरेको पाएको बताए। सभामुख घिमिरेले २०६८ भन्दा धेरै वस्तुवादी तथ्यांक आएको भन्दै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन नीति निर्माताका लागि सहयोगी हुने बताए।
उनले पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गरे। उनले हिमाल र पहाड रित्तिँदै गइ तराई वा शहरमा बसाईंसराइको असर सामाजिक र राजनीतिक दुवैतर्फ पर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।