काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका हुन्।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले जलहरीमा जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो? भन्दै प्रश्न गरे।
उनले महादेवलाई नामबाट खुवाउने चलन किन परेछ? भन्नेकुराको सत्यतथ्य आउनुपर्ने बताए। उनले भने, ‘हामीले कसैलाई पनि मिथ्या आरोप लगाएर राजनीति गर्दैनौं। हामीलाई झुटको राजनीति गर्नुछैन। तर, त्यो भन्दा ठूलो कुरा भनेको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट आएको पानी हामीले खानुपर्ने रहेछ, यो बाध्यता किन गरियो? महादेवलाई उहाँहरुको नामबाट पानी खुवाउने चलन पशुपतिनाथलाई खुवाउने चलन किन परेछ? यसमा छलफल गर्नुपर्छ। सत्यतथ्य ल्याओस्।’
सांसद खतिवडाले नेपाली कांग्रेस मिथ्या आरोप लगाएर राजनीति गर्ने पक्षमा नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।