काठमाडौं– प्रतिनिधि सभा बैठकमा आज (सोमबार) पनि मन्त्रालयगत बजेटका सन्दर्भमा मन्त्रीहरुले जवाफ दिने क्रम चल्ने भएको छ। प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजे बस्दै छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा मन्त्रीहरुले आ–आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रम सुरु भएको थियो।
सोमबार ८ वटा मन्त्रालयका विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
सोमबारको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, उर्जा, जलस्रो तथा सिँचाइ, खानेपानी र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ।
यसअघि आइतबार पनि ८ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका थिए। आइतबार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नबारे सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।