अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण केन्द्र भरतपुर वितरण केन्द्रका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीलाई २० हजार घुससहित पक्राउ गरेको छ ।
आयोगको टोलीले सुवेदीलाई भरतपुर महानगरपालिका–७ मस्याङ्दी टोलमा रहेको जीवनज्योति मिनरलवाटर एण्ड वेभरेज इन्डस्ट्रिजबाट पक्राउ गरेको हो। सेवाग्राहीसँग रकम लिँदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
विद्युत् प्रसारण लाइनको खम्बा मर्मत गर्ने सिलसिलामा सुवेदीले सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।