काठमाडौं– काठमाडौंमा आयोजना हुने चौथो बिम्स्टेक सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आएका छन्। म्यानमारका राष्ट्रपतिले नेपालको द्विपक्षीय भ्रमण पनि गर्ने भएकाले सम्मेलन सुरु हुनु भन्दा दुई दिन पहिले नै उनी नेपाल आएका हुन्।
म्यानमारका राष्ट्रपति मिन्टलाई उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वगत गरेका छन्।
नेपाल बसाइको क्रममा मिन्टले लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ। म्यानमारमा थेरवादी बुद्धिष्टको बाहुल्यता रहेको छ। मिन्ट बुधबार लुम्बिनी जाने कार्यक्रम छ।

गत वर्ष म्यानमारको रखाइन प्रान्तमा म्यानमारका अल्पसंख्यक रोहिंग्या जनजातिमाथि सरकारी पक्षले व्यापक धरपकड गरेको थियो। महिलाको बलात्कार गरेको आरोपमा उनीहरूमाथि ज्यादति भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्।
रोहिंग्या समुदाय नेपालमा पनि रहेकाले म्यानमारका राष्ट्रपति मिन्टको नेपाल भ्रमणको अवसरमा हुनसक्ने विरोधका कार्यक्रमलाई ध्यानमा राख्दै सरकारले मिन्टको सुरक्षामा विशेष ध्यान दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।