काठमाडौं– गृहमन्त्री नारायणकाजी श्रेष्ठले धर्म परिवर्तन गराउनेलाई कारबाहीको विषय अत्यन्तै संवेदनशील रहेको बताएका छन्। आइतबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले धर्म परिवर्तन गराउनेहरुलाई कारबाही गरिएको घटना छिटपुट भएको र यो विषय संवेदनशील रहेको बताएका हुन्।
‘एकातिर कसैको धार्मिक आस्थामा चोट पुर्या उन नहुने, धार्मिक स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने र अर्कोतिर निश्चित मिसन लिएर प्रलोभनको आधारमा धर्म प्रचार जस्तो अस्त्र प्रयोग गर्ने गरिएको छ भनेर पुष्टि हुने स्थिति नभइकन हामीले काम गर्नु पनि भएको छैन,’ उनले भने।
मन्त्री श्रेष्ठले यो विषयमा सबैले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए। सरकार पनि यसमा सजग रहेको उनको भनाइ छ।
एमाले सांसद रघुजी पन्तले मन्त्री श्रेष्ठलाई यसबारे प्रश्न सोधेका थिए। उनको प्रश्न थियो, ‘अहिलेसम्म प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने, गर्ने कति संघसंस्थालाई के–के कारबाही गरियो? आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने कार्य रोक्न के गरिँदैछ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।