• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख ८, २०८३ Tue, Apr 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी सांसद भन्छन्– देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ

64x64
नेपाल लाइभ आइतबार, असार १०, २०८०  १२:५८
1140x725
देवेन्द्र पौडेल (फाइल तस्बिर)

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताएका छन्। 

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले आर्थिक अवस्था सुधारको विषयलाई सबैको साझाको विषय बनाएर अघि बढ्न जरुरी रहेको बताए। उनले आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सत्तापक्ष र प्रतिपक्ष बाँडिने अवस्था देशमा नरहेको जिकिर गरे। उनले देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त सामुहिक रुपमा अघि बढ्ने एउटा साझा संकल्पको आवश्यकता देशमा रहेको बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

सांसद पौडेलले बजेटमा भएका असन्तुष्टिलाई सम्बन्धित मन्त्रालयले सुन्न जरुरी रहेको बताए। उनले बजेटमा यो वर्ष आर्थिक वृद्धिदर २.१६ मा सीमित रहने उल्लेख गरिएको भन्दै यो विषय सत्तापक्ष र प्रतिपक्षको मात्रै नभइ देशकै विषय रहेको बताए। उनले राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालयदेखि राज्यका साधारण खर्च नगर्दा पनि हुने प्रकृतिका ठाउँहरुको खर्चलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए। 

पौडेलले भने, ‘हाम्रो बजेटको प्रकृति भनेको साधारण खर्च सबैतिर बढेको र हामीले संविधानमा उल्लेख गरेका मौलिक हकसँग सम्बन्धित कतिपय कुरा अघि बढाउनका लागि हामीसँग बजेट अभाव भएको कारणले धेरै कामहरु गर्न सकेनौँ भन्नेकुरा निरन्तर छलफलमा उठेको छ। त्यसकारण म के अनुरोध गर्न चाहन्छु भनेदेखि हामीले यो राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालयदेखि लिएर राज्यका साधारण खर्च जहाँ जहाँ नगर्दा पनि हुने प्रकृतिका छन्, त्यसप्रकृतिका कतिपय खर्चलाई कम गर्नेगरी अघि बढ्ने शुरुवात गरेको खण्डमा हामीले अलिकित बजेटको संरक्षण गरेर विकासतिर अघि बढ्न सक्छौँ। त्यसको निम्ति उपराष्ट्रपति कार्यालयमा पनि भएका कतिपय त्यसप्रकारका विषयहरु छन् भने हामीले यसलाई सच्याएर जानुपर्छ। तथ्यांकले सार्वजनिक गरेको रिपोर्टअनुसार बजेटमा यो वर्ष आर्थिक वृद्धिदर २.१६ मा सिमित रहने भनेको छ। यो भनेको सत्तापक्षको कुरा मात्रै होइन, प्रतिपक्षी र सम्पूर्ण नागरिकको लागि हो। अहिलेको आर्थिक प्रणालीको देशको चित्र हो। हामी २.१६ मा सीमित रहने कुरा हाम्रा वित्तीयहरुले प्रक्षेपण गरेका छन्। हामीले सरकारले अनुमान गरेको भन्दा ५.८४ प्रतिशत यो कम हो। मूल्यमा जीडिपी १.८६ प्रतिशतले जो देखिएको छ, यो कम हो। दातृ संस्थाहरुले प्रक्षेपण गरेको भन्दा १.९४ प्रतिशत आर्थिक वृद्धिदर हाम्रो कम हुने देखिन्छ। यो हाम्रो राज्यको साझा हामी सबैको चुनौतिको रुपमा छ। आर्थिक प्रणाली हामीले कहीँ न कहीँ छलफल गरेर प्रतिपक्ष र सरकार पक्षको बिरोध र समर्थनका विषय होलान्, कुनकुन १६५ निर्वाचन क्षेत्रमध्ये कहाँकहाँ कसका बजेट परे, परेनन् भनेर आलोचनाको विषयले हेर्दा यहाँ उठेका त्यस प्रकारका तर्कहरुलाई सम्बन्धित मन्त्रालयले सुन्नुपर्छ। तरपनि आर्थिक अवस्था देशको जुन छ, त्यो अवस्था सुधार गर्नको निमित्त हामी सबैले संकल्प गर्नुपर्छ। साझा विषयको रुपमा आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सामूहिक संकल्पको साझा विषयको रुपमा हामी पक्ष र प्रतिपक्षमा बाँडिने अवस्था देशमा छैन। देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त हामी सामुहिक रुपमा अघि बढ्ने एउटा साझा संकल्पको आवश्यकता छ।’

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयारीका सम्बन्धमा छलफल भएको हो । सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) आज बसेको केन्द्रीय समिति बैठकले तीन सदस्य थप गर्दै १६ सदस्यीय समिति बनाएको हो । सोमबार, वैशाख ७, २०८३
शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्री शाहको कडा निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्... सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मंगलबार, वैशाख ८, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, वैशाख ८, २०८३
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, वैशाख ८, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्