रास्वपा सांसद मनिष झा (फाइल तस्बिर)
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका हुन्।
उनले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनैपनि काम गर्न नसकेको भन्दै यसको औचित्यमाथि नै प्रश्न उठाए। उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने झाको भनाइ छ।
सांसद झाले भने– ‘उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपश्चात आजसम्म ५ हजार ११५ दिन भएको रहेछ। ४ वटा कार्यकाल, तिनवटा अनुहार। त्यो हेर्दैगर्दाखेरी सम्झिन लायकको कुराहरु के छ त ? ५ हजार ११५ दिनले यो पदले सम्झिन लायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौँ? यसले दिएको हामीलाई? त्यसैले गर्दा त्यो सम्झिन सक्दैनौँ भने यो पदको औचित्यको जवाफ सम्झिन सक्ने वा नसक्ने त्यो ५ हजार ११५ दिनले नै दिन्छ। त्यसैले गर्दापनि हामीले सोच्नुपर्छ। हामी यो पदको परिकल्पना गर्दैनौँ। हामी यो पद आवश्यक छैन भन्छौँ। र राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्नसक्छ भन्छौँ।’
उनले कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहनु नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।