काठमाडौं– प्रतिनिधि सभा बैठकमा आज (आइतबार)देखि बजेटका सन्दर्भमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रम सुरु हुने भएको छ।
आइतबार बिहान १० बजे सुरु हुने प्रतिनिधि सभाको बैठकमा सुरुवातमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ। आइतबार उपराष्ट्पतिको कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ।
आइतबारको बैठकमा सांसदहरु अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव समेत पेस गर्नेछन्।
त्यसपछि ८ वटा मन्त्रालयका विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिने क्रम सुरु हुनेछ।
संघीय संसद् सचिवालयका अनुसार आइतबार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।