काठमाडौं– शनिबार साँझ दाङमा चट्याङ लागेर दुई जना मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार साँझ साढे छ बजेतिर चट्याङ लागेर दाङको दंगीशरण गाउँपालिकामा दुई जनाको मृत्यु भएको हो।
चट्याङ लागेर दंगीशरण गाउँपालिका–६ बागरका ३२ वर्षीय समीर केसी र वडा नम्बर ३ चखौराका ३७ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको हो।
चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमका अनुसार केसी घाँस काट्न गएको बेला र चौधरी बारीमा तरकारी टिप्न गएको बेला चट्याङ लागेको थियो।
केसी र चौधरीको दुवैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।