काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको बताएका छन्।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले ज्ञान तथा साहित्य कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नसके मात्रै अपेक्षित सफलता हाँसिल गर्नसक्ने बताए। उनले अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सिमित हुन नहुने बताए।
उनले सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक रुपान्तरण अभियान अघि आउन जरुरी रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले आजको युगिन सभ्यतालाई संस्थागत गर्न सरकारले नयाँ प्रज्ञा परिषद् तथा प्राज्ञ सभाको गठन गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।