काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले लय समात्न नसक्दा सिंगो समाज नै प्रभावित भएको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले अरु पार्टीले लय बिगार्दा कार्यकर्ता मात्रै निराश हुने भए पनि कांग्रेस अल्मलिँदा समाजमा नै निराशा छाउने बताए।
नेपाली समाजको निराशाको कारण यही भएको दाबी गर्दै उनले भने, ‘हामी अल्मलिँदा, हामीले लय समात्न नसक्दा सिंगो समाज प्रभावित भएको छ।’ अब लय बिराएको कांग्रेसमा थिति बसाल्नु पर्ने बेला आएको भन्दै थापाले अहिले पुरानो पार्टी भनेर गर्व गरेको तर नयाँलाई आकर्षण गर्न नसकेको उनको भनाइ थियो।
कमजोरीलाई सच्याउने र ठिकलाई ठीक भन्न सक्नु पर्ने बताउँदै उनले पार्टीको केन्द्रीय समिति बैठक पनि बस्न नसकेकोमा असन्तुष्टि समेत जनाए। थापाले भने, ‘भदौ १५ देखि काठमाडौं छोडेर बाहिर निस्कन्छु। ३५ दिनमा ३४/३५ जिल्लामा पुगेर जनतासँग सम्वाद गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।