काठमाडौं- जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ। शनिबार बिहान ११ बजे बुद्धनगरको एक ब्यांक्वेटमा बैठक बस्न लागेको प्रवक्ता मनिष सुमनले जानकारी दिए।
बैठक आइतबारदेखि सुरु हुन लागेको विधान अधिवेशनमा केन्द्रित रहने सुमनको भनाइ छ। 'विधान अधिवेशनका कार्यक्रमहरु केके हुने र विधान अधिवेशनलाई कसरी व्यवस्थित गर्ने भनेर बैठकले निर्णय गर्छ', उनले भने।
विधान मस्यौदा समितिले विधानको मस्यौदालाई आजको बैठकबाट अनुमोदन गरिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।