काठमाडौं- समाजवादी मोर्चा नेपाल आवद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, नेपाल र अखिल (क्रान्तिकारी) सम्बद्व विद्यार्थी संगठनले समाजवादी विद्यार्थी मोर्चा गठन गर्ने भएका छन्।
समाजवादी मोर्चा आवद्व विद्यार्थीहरूको शुक्रबार बसेको पहिलो बैठकले चार ठूला राजनितिक दलहरुले घोषणा गरेको समाजवादी मोर्चाको स्वागत गर्दै विद्यार्थी समुदायको हक, अधिकारको संरक्षण र समाजवादी शिक्षा प्राप्तिको पैरवी सशक्त ढंगले अगाडि बढाउन मोर्चा आवद्ध विद्यार्थी संगठनहरुले समाजवादी विद्यार्थी मोर्चा निर्माण गर्ने निष्कर्ष निकालेका हुन्।
त्यसैगरी उनीहरूले शैक्षिक क्षेत्रमा व्याप्त विसङ्गति, विकृति र माफियाकरणको विरुद्धमा संयुक्तरुपमा संघर्ष गर्ने,यही १३ गते उपत्यकामा विद्यार्थीको उपस्थिति सहित समाजवादी विद्यार्थी मोर्चा घोषणा तथा अवधारणा पत्र सार्वजनिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।