काठमाडौं- विनियोजन विधेयक २०८० अन्तर्गत शुक्रबारको प्रतिनिधि सभा बैठक सकिएको छ। आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरुमाथि छलफल भएको थियो।
प्रतिनिधि सभाको अर्को बैठक २०८० असार १० गते आइतबार बिहान १०:०० बजे बस्नेछ।
उक्त बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। सोही दिन गृह, बन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकूद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।