• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक प्रमाणीकरणमा सर्वोच्चको आदेश: संसद् बैठकलाई तनावपूर्ण बनाउने ‘प्रक्रिया’को विवाद पनि निदान

64x64
नेपाल लाइभ शुक्रबार, असार ८, २०८०  १५:३२
1140x725

काठमाडौं– सर्वोच्च अदालतले संघीय संसद्‌को कार्यकाल समाप्त हुँदैमा त्यसले पारित गरेका विधेयकहरु शून्यमा जाने वा निष्क्रिय नै भयो भन्न नमिल्ने भनेर व्याख्या गरेको छ। नागरिकता ऐनसम्बन्धी विवादमा बिहीबार आदेश सुनाउँदै सर्वोच्चले संसद्‌बाट पारित भएका, तर राष्ट्रपतिबाट प्रमाणीकरण नभएका विधेयकका सन्दर्भमा संक्षिप्त व्याख्या गरेको हो। 

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई–दुईपटक पारित भएर पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पारित नगरी थन्क्याएकी थिइन्। त्यही विधेयक हालका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो। 

सुरेन्द्र भण्डारी समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीद्वय आनन्द मोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘...विधेयक संसद्‌बाट पारित भइसकेको अवस्थामा सो विधेयकलाई नेपालको संविधानको धारा १११ को उपधारा (१०) को प्रतिबन्धात्मक वाक्यांशमा गरिएको व्यवस्थाअनुसार संसद्‌को कुनै सदनमा विचाराधीन रहेको विधेयक मान्न नमिल्ने हुँदा प्रतिनिधि सभाको अधिवेशनको अन्त्य भएको कारणले संसद्‌बाट पारित भएको विधेयक निष्क्रिय हुन्छ वा शून्यमा जान्छ भन्न मिल्ने देखिँदैन।’   

न्यायाधीशद्वय भट्टराई र रेग्मीको संयुक्त इजलासले नागरिकता विधेयक प्रमाणीकरण कार्यान्वयन नगर्न भनेर यसअघि जारी अन्तरकालीन अन्तरिम आदेश ‘खारेज’ गर्दै राष्ट्रपति पौडेलबाट भएको प्रमाणीकरणलाई असंवैधानिक भन्न नमिल्ने ठहर समेत गर्‍यो। 

सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि जन्मसिद्ध नेपाली नागरिकका सन्तानले वंशजको आधारमा नेपाली नागरिकता पाउने बाटो खुलेको छ।

सर्वोच्चले जारी गरेको आदेश:

संसद्लाई तनावपूर्ण बनाएको विषयको विवादमा सर्वोच्चको निदान
यसअघि जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक प्रमाणीकरण गरिदिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलले तीव्र आपत्ति जनाएका थिए। उक्त पक्ररणले जेठ २२ गतेको संसद बैठक त तनावग्रस्त नै बन्न पुगेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

नागरिकता विधेयक सदनमा ल्याउनुपर्ने यसअघिको विषय शून्य भएको भन्दै एमाले सांसदले सदनमा आपत्ति जनाएका थिए। 

प्रधानमन्त्रीले प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नमाथि जवाफ दिने क्रममा आफूहरुले पछिल्लो संसद्‌ले दुई–दुईपटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्दा अपमान हुने ठानेर राष्ट्रपतिलाई प्रमाणीत गर्नुपर्ने भनेर अनुरोधसहित सम्झाएको बताएका थिए।  

‘सदनले दुई–दुईपटक पारित गरिसकेको विधेयक हो त्यो। गएर बसको छ राष्ट्रपति कार्यलयमा। राष्ट्रपतिको कार्यलयको दराजमा छ त्यो विधेयक। संविधान नमिचिकन, संविधानमामाथि प्रश्न नउठ्नेगरी प्रमाणीकरण गर्न हामीसँग विकल्प के छ? सदनमा आउनु भनेको अघिल्लो पटकको संसद्‌ले दुई–दुईपटक गरेको निर्णयको अपमान हुन्थ्यो,’ प्रधानमन्त्रीले भनेका थिए। 

प्रधानमन्त्रीले रोष्टमबाट यति भनिनसक्दै एमाले सांसद सूर्य थापा, रघुजी पन्तहरुले आपत्ति जनाएका थिए। उक्त विधेयक शून्य भइसकेको भन्दै संविधानका धाराहरु समेत वाचन गरेका थिए।  सदन यतिसम्म तनावग्रस्त भयो कि सभामुखले त्यसलाई सम्हाल्नै हम्मे परेको थियो। आफ्नो कुरा राख्न रोष्टममा पुगेका प्रधानमन्त्रीलाई बोल्न समेत नदिइ एमाले सांसदहरुले फ्लोरबाट गरेका ‘कानुनी तर्कना’ले प्रतिनिधि सभा बैठक करिब २० मिनेट तनावग्रस्त बनेको थियो। 

Xtrem

Xtrem

अन्त्यमा कांग्रेस सांसद विश्वप्रकाश शर्माले संसद्‌बाट पारित भएर गएको विधेयकको स्थिति शून्य हुन्छ भन्ने कानुनी आधार नरहको भनेपछि विरोध केही मत्थर भएको थियो। 

त्यसपछि पनि प्रधानमन्त्रीले पुरानै कुरा स्मरण गराएका थिए। ‘संघीय संसद्‌को दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि पेस भएको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष अनुरोध गर्ने भनेका थियौं। अनुरोध गर्ने भन्ने र सिफारिस गर्ने भन्ने कुरा विल्कुल फरक हो। हामीले अनुरोध मात्र गर्‍यौँ,’ प्रधानमन्त्रीले भनेका थिए। 

आफूहरुले राष्ट्रपतिलाई विधेयक दराजमा थन्किएकोले हेर्न अनुरोध गरेको उल्लेख गरेका थिए। 

‘हामीले के ठान्यौं भने राष्ट्रपतिलाई कसै न कसैले थाहा दिनु पर्‍यो कि त्यो विधेयक त्यहाँ छ। दुवै सदनबाट हिजो पारित भएको थियो। त्यो त्यहाँ छ प्रमाणीकरण गर्न अनुरोध गर्नु पर्‍यो भनेर जानकारी गराइयो,’ प्रधानमन्त्रीको स्पष्टीकरण थियो। 

सर्वोच्च अदालतले ‘विधेयक प्रमाणीकरण गर्न’ भनेर मन्त्रिपरिषद्ले गरेको ‘अनुरोध’का विषयमा पनि ‘सन्दर्भ’ स्मरण गराएको छ। 

‘...विधेयक प्रमाणीकरण नभएबाट परेको जटिलता तथा धेरै नेपाली युवाहरुले बेहोरेको नागरिकता विहीनताको स्थिति समेत उल्लेख गरी मन्त्रिपरिषद्ले मिति २०८०/०२/१२ मा गरेको सिफारस र नेपालको संविधानको धारा ६१ र ६६ का व्यवस्थाहरु समेतलाई मध्यनजर गरेको पाइयो,’ सर्वोच्चको आदेशमा भनिएको छ। 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १५:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन
सम्बन्धित सामग्री
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय लोकसेवा आयोगले दिएको परामर्श वेवास्ता गर्दै सरकारले विधेयक संसदमा लान लागेको हो । मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको तर्क गरे । मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्