काठमाडौं– बलिउड अभिनेता अर्जुन कपुर नेपाल आएका छन्। कपुर सोमबार नेपाल आएका हुन्। फिल्म 'इन्डियाज मोस्ट वान्टेड'को सुटिङमा व्यस्त अर्जुन सोही फिल्मको सुटिङका लागि नेपाल आएका हन्।
उनी यतिबेला फिल्म ‘मोस्ट वान्टेड इन्डिया’को सुटिङका लागि पोखरा पुगेका छन्। फिल्म युनिटका अनुसार अर्जुन केहिदिन नेपालमै रहने छन्।
छायांकनरत उक्त फिल्ममा अर्जुन एक प्रहरी अफिसरका रुपमा देखिने छन्। फिल्मको निर्माण घोषणाको समयबाटनै छायांकनका लागि नेपालको लोकेसन तय गरेको निर्माण युनिट आइतबारनै नेपाल आएको थियो। तर, अभिनेता अर्जुन भने रक्षाबन्धन पर्वका कारण सोमबारमात्र नेपाल आएका हुन्।
राजकुमार गुप्ताको निर्देशनमा निर्माण भइरहेको फिल्म २४ मे २०१९ बाट प्रदर्शनमा आउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।