काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको व्यवस्था विगतकोभन्दा सुदुढ भएको बताए। शुक्रबार संसद्मा जारी प्रश्नोत्तरमा सांसद अब्दुल खानको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
चालु आर्थिक वर्षमा पहिला १५ अर्ब मलको लागि बजेट छुट्याइएको भएपनि पछि थप २३ अर्ब स्रोत सुनिश्चित भएको र यो वर्ष किसानलाई चाहिने मल आयात भएको बताए।
‘३ लाख ५१ हजार मेट्रिक टन मल आइसकेको र डिपोमा मौज्दात रहेको छ। विगतको जसरी धान रोप्ने सिजनमा मल अभाव हुँदैन,’ उनले भने।
मलको आयातमा संघीय मन्त्रालयलाई जिम्मा लगाएको छ भने वितरणमा प्रदेश सरकारलाई जिम्मा दिइएको र मल वितरण पारदर्शी बनाउन डिजिटल प्रणाली अवलम्बन गरिएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।