काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधि सभा सदस्य अमर बहादुर थापाले सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका लागि बजेटमा विशेष व्यवस्था गरिने भनिएको उक्त विशेष व्यवस्था कहाँ छ भन्दै प्रश्न गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डसँगको प्रश्नोत्तरका क्रममा सांसद शाहीले यस्तो प्रश्न गरेका हुन्।
जवाफमा प्रधानमन्त्री प्रचण्डले कर्णाली प्रदेशलाई लक्षित गरी कार्यक्रम सञ्चालित रहेको बताए। ‘हिमाली तथा उच्च पहाडी कार्यक्रम समेत कर्णाली प्रदेशको माथिल्लो भू–भागमा सञ्चालन भइ नै राखेको छ। आगामी वर्षमा कर्णाली प्रदेशमा सिँचाइ तथा नदी नियन्त्रणका लागि छुट्टै बजेटको व्यवस्था गरिएको छ। कर्णाली करिडोर राष्ट्रिय गौरवका आयोजनामा सञ्चालित छ,’ उनले भने।
प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्यमा समेत कर्णालीलाई विशेष प्राथमिकता राखेर बजेट विनियोजन गरेको दाबी गरे।
प्रधानमन्त्री प्रचण्डले नेपालको समग्र विकास निर्माणको मोडलका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले सुदूरपश्चिम प्रदेशका बारेमा भने उत्तर दिएनन्। तर मधेश प्रदेशका विषयमा अघिल्लो सांसदको प्रश्नमा जवाफ दिइसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।