काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनिशा नेपालीले भारतले विद्युत खरिद गर्दा कुन आयोजनाबाट गर्ने हो भनेर प्रधानमन्त्रीलाई सोधेकी छन्।
प्रधानमन्त्तीसँगको सांसदको प्रश्नोत्तर कार्यक्रममा शुक्रबार सांसद नेपालीले प्रश्न गरेकी हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमणमा १० हजार विद्युत् बिक्री गर्ने समझदारी भएको थियो।
सांसद अनिशा नेपालीको प्रश्नः भारतले १० हजार मेगावाट विद्युत् किन्ने कुरा आएको छ। उक्त १० मेगावाट कुन–कुन आयोजनाबाट के कति परिणाम र के कति दरमा भारतले खरिद गर्न खोजेको हो? खरिद सम्भौता कहिले हुन्छ?
प्रधानमन्त्रीको उत्तरः नेपालको जलवि विकासको लागि लगानी भित्र्याउन र उत्पादित विद्युत निर्यात गर्ने सन्दर्भमा महत्त्वपूर्ण सम्झौत भएका छन्। भारत सरकारले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावट विद्युत् खरिद गर्ने प्रतिबद्धता प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्त गर्नु भएको छ।
दीर्घकालीन व्यपार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ। सम्झौतामा अन्तिम हस्ताक्षर छिट्टै हुनेछ।
हाल नेपाल सरकार र निजी क्षेत्रबाट निर्माणाधीन भएका र तयारी अवस्थामा रहेका विद्युत् आयेजनाबाट उत्पादन हुने विद्युत्मध्ये आन्तिरक खपत गरि बाँकी हुने विद्युत् निर्यात हुन्छ। परिणाम भने मन्त्रालयका सचिवस्तरीय समितिले थपघट गर्ने कानुन छ। प्रचलित कानुनको परिधिभित्र रही विद्युत् व्यपार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।