काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा शून्य समय, विशेष समयमा सांसदहरुले उठाएका प्रश्नमा सरकार संवेदनशील रहेको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रमा प्रतिनिधि सभा सदस्य अञ्जनी श्रेष्ठले राखेको जिज्ञासाको उत्तर दिँदै प्रचण्डले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘दनमा शून्य समय, विशेष समयमा सांसदहरुले उठाएका प्रश्नमा सरकार संवेदनशील भइ नियमित दिइरहेको छ। सदनमा उठाएका प्रश्न र जिज्ञासाहरुको जवाफ दिने जिम्मेवारी र उत्तरदायित्वबाट सरकार कहिल्यै पछि हटेको छैन। कहिल्यै पछि हटने पनि छैन।’
उनले राष्ट्र र नागरिकका हितका लागि सरकार सदैव प्रत्यनशील रहँदै आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।