काठमाडौं– प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद–प्रधानमन्त्रीबीच प्रश्नोत्तर चलिरहेको छ। प्रधानमन्त्रीलाई पहिलो प्रश्न एमालेका सांसद अच्युत प्रसाद मैनालीले सोधेका छन्।
उनले प्रधनमन्त्रीलाई रुस–युक्रेन युद्धमा नेपाली युवाहरुको संलग्नताबारे प्रश्न सोधेका हुन्।
सांसद मैनालीको प्रश्नः सार्वजनिक खरिद नियमावली २०६४ अनुसार निर्माण स्थलको व्यवस्थापन नभइ खरिद कार्य गर्नु नहुने उल्लेख छ। राष्ट्रिय गौरवका आयोजनाहरु बुढीगण्डकी, सुनकोशी मरिण, काठमाडौं तराइ द्रुत मार्गको खोकना खण्ड, निजगढ विमानस्थलको टाङ्गिया वस्ती, पूर्व पश्चिम रेल मार्गको जग्गा अधिग्रहण घरटहरा हटाउने क्षती पूर्ती दिने अवस्था के छ?
बहुचर्चीत रेल मार्गबारे सरकारको दृष्टिकोण के छ? रुस–युक्रेन युद्धमा नेपाली युवाहरुको संलग्नताको विषयमा सरकारको जवाफ चाहान्छु।
प्रधानमन्त्रीको जवाफः राष्ट्रिय गौरवको आयोजना सुनिश्चित गरेको छ। बजेट कम भए बजेट सुनिशिचत गर्ने छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षमा साइट हटाउने काम हुन्छ। रेल सेवा संचालन गर्ने कुरामा सरकारको ध्यान छ।
अन्तर्राष्ट्रिय राजनीतिमा नेपाल सरकारको गहिरो ध्यान भन्ने कुरा पनि म राख्न चाहन्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।