काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले पार्टी स्थापनाको १ वर्ष सकारात्मक र उर्जावान भएको दाबी गरेका छन्।
पार्टी स्थापनाको १ वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलालाई सम्बोधन गर्दै उनले आफूहरुले १ वर्षको अवधीमा ‘घण्टी’ बजाउन सफल भएको दाबी गरे। उनलाई पार्टी विस्तारमा सार्वजनिक सञ्चारमाध्यमदेखि सवैको हात रहेको भन्दै धन्यवाद दिए।
उनले आफूहरुको समाचार पुर्याउनेदेखि खवरदारी गरेको भन्दै उनले क्षमा पनि माग्ने र धन्यवाद पनि भन्ने बताए। उनले ‘ह्याप्पी डे’ मनाउने भन्दै विगतमा गल्ती गरेको भए क्षमा माग्ने र सहयोग गर्नेहरुलाई धन्यवाद दिने बताए।
उनले पार्टीमा भित्रिएका अनिलकेशरी शाहलाई पार्टीको प्रशिक्षण विभागको जिम्मेबारी दिइएको जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।